अहिलेको सरकारले लोक्तान्त्रिक विधि अनुसार काम गरेन–उपसभापति निधि

जनपत्र
२७ कार्तिक २०७६, बुधबार १७:३५

हेटौंडा । नेपाली काग्रेश केन्द्रीय नीति तथा अनुसंधान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित महाधिवेशन प्रतिनिधिहरुका लागि हेटौंडामा तीन नम्बर प्रदेश स्तरको कार्यक्रमको आज सम्पन्न भएको छ । प्रदेशका हेटौंडा आसपासका छ जिल्लाका सहभागिहरुलाई प्रशिक्षण दिइएको थियो ।

भेला तथा प्रशिक्षणमा ३ नम्बर प्रदेशअन्तर्गत्का ६ जिल्लाका महाधिवेशन प्रतिनिधि र प्रदेशका केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो । प्रशिक्षणमा मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा र सिन्धुलीका दुईसय ९० जना महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्यहरुकोसहभागिता रहेको आयोजकले जनाएको छ ।

सहभागीलाई प्रतिष्ठानका प्रमुख निधी, प्रतिष्ठानका सदस्य एवं राष्ट्रिय योजना अयोगका पूर्वउपाध्यक्षहरु डा गोविन्द पोखरेल, डा जगदिशचन्द्र पोखरेल, प्रशिक्षण विभागका कार्यकारी निर्देशक पुरुषोतम दाहाल, प्रतिष्ठानका सदस्यहरु सहजीकरण गरेका थिए ।

कार्यक्रमको समापन गर्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमार सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक प्रणाली अनुसार काम नगरेको बताउनुभयो ।उपसभापति निधिले वर्तमान सरकारले संवैधानिक व्यवस्था अनुसार काम नगरेको बताउनुभयो । सरकारको कार्यशैली हेर्दा एकदलीय तानाशाही लाद्ने खतरा रहेको उहाँको भनाई थियो ।

उनले संवैधानिक प्रणालीलाई कमजोर पार्ने, राज्यका अंगहरुमाथि नियन्त्रण गर्न खोज्ने, सी विचारधाराबारे प्रशिक्षण चलाउने लगायतका गतिविधिले देशलाई अधिनायकवादतर्फ उन्मुख गराउन खोजेको प्रष्ट हुने उहाँको भनाई थियो । यस्ता अधिनायकवादी चरित्रबारे जनतालाई बेलैमा सुचित गर्न प्रशिक्षण कार्यक्रम गरिएको बताउनुभयो ।

प्रशिक्षण विभागका प्रमुख समेत रहेका निधिले नेपाली कांग्रेसले अब क्रियाशिल सदस्यहरुका लागि प्रशिक्षण अनिवार्य गरेकाले अब तल्लो तहसम्म प्रशिक्षण संचालन गर्दै सरकारको गलत कार्यबारे कांग्रेसका सदस्य र जनतालाई सुसुचित गर्न आग्रह समेत गर्नुभयो । नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा, प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोतम दाहाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, प्रतिनिधिसभा सदस्य एवं नेपाल महिला संघकी सभापति उमा रेग्मी, नेपाली कांग्रेसकी प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घले, प्रदेशसभा सदस्यहरु नरोत्तम बैद्य, सन्तबहादुर चेपाङ, विजुला बर्मा, प्रभात तामाङ लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*