नेकपा सरकारको खोक्रो राष्ट्रवाद–कांग्रेश वरिष्ठ नेता पौडेल

जनपत्र
२६ कार्तिक २०७६, मंगलवार १७:११

हेटौंडा । नेपाली कांग्रेशका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालीलाई झुक्याउने नेकपा सरकारको खोक्रो राष्ट्रवादले केही नहुने वताउनुभएको छ । नेपाली काग्रेश केन्द्रीय नीति तथा अनुसंधान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित महाधिवेशन प्रतिनिधिहरुका लागि हेटौंडामा सुरु गरिएको तीन नम्बर प्रदेश स्तरको कार्यक्रमको उद्घाटन् कार्यक्रममा वोल्दै उहाँले नेपालको सिमानाका विषयमा भएको समस्या टुङ्गो लगाउनका लागि प्रधानमन्त्रीलाई जिम्मा दिएको वताउनुभयो । नेपालका कम्युनिष्टले भनेको समृद्धीको यात्रा विचैमा तुइने अवस्था रहेको उहाँले वताउनुभयो ।

सरकारको कथनि र कलमि कुनै पनि नमिलेको उहाँको भनाई छ । अहिलेको सरकारले गफ गरेर मात्र खाने भएको वताउँदै वरिष्ठ नेता पौडेलले भन्नुभयो–‘राष्ट्र वादको खोक्रो नारा वोकेका छन सकारले । नेपाली भुमिमाथिको थिचोमिचोमा समेत सरकारले कुनै मतलव गरेको छैन । नेपालको नक्सालाई सरक्षा गर्न कानुनि तथा कुटनिति क्षमता देखायर अघि बढ्नुपर्ने छ । चारै तिरको सिमा सुरक्षामा प्रमाण सहित उपस्थित हुनुपर्ने सडकमा उत्रियर र नारावाजि गरेर मात्र हुदैन ।’

राष्ट्रको सिमा सुरक्षाका लागि नेपाली काङ्ग्रेस हरपल तत्पर रहेको तर सरकारले चासो दिनुपर्ने वताउनुभयो । जनतालाई झुक्यायर राष्ट्रियता नबच्ने उहाँको भनाई छ । प्रतिस्पर्धामा कम्युनिष्ट रहेको हुदा आफुहरु संकटको घडिमा रहेको वताउनुभयो ।

धेरै शक्तिहरूबाट जोगियर नेपाली काङ्ग्रेस लाई बचाउनुपर्ने वेला आएको वताउँदै उहाँले भन्नुभयो–‘हामी हतियारको होईन विचारको राजनिति गर्ने पार्टि हो । यसकै माध्यकरमबाट नेकपासंग प्रतिष्प्धा गरिरहेकन छौ । राजनीतिमा धेरै विकृति र विसंगति आईरहेको छ । पैसा र गुण्डागर्दिको राजनितिले लोकतन्त्र वचाउन मुस्किल छ ।’ कम्युनिष्टहरूले काग्रेशले वनाएको सडकमा उद्घाटन् गर्दै काग्रेशलाई गाली गर्दै हिडेको वताउनुभयो ।

कम्युनिष्टहरूले राज्यका ४ वटै अंगलाइ अंकुश लगाउने काम गरे– काग्रेशका उपसभापति विमलेन्द्र निधि

नेपाली काग्रेशका उपसभापति विमलेन्द्र निधिले सत्ताधारि कम्युनिष्टहरूले राज्यका ४ वटै अंगलाइ अंकुश लगाउने काम गरेको आरोप लगाउनुभएको छ । आजको काग्रेश प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले अहिलेको सरकारवाट तिनै तहमा त्राहि त्राहि रहेको वताउनुभयो । विचारको सिद्दान्तको पछि लागेर अघि वढे हाम्रो सक्षमता र समृद्धि सम्भव रहेको वताउनुभयो ।

पार्टि बलियो हुनका लागि भित्रका सम्पुर्ण सदस्यहरूमा वैचारिक रूपमा प्रस्टता, प्रतिवद्धता ,सक्षमता आवस्यकता रहेको उहाँले वताउनुभयो । प्रशिक्षणका माध्यमवाट वाटो मात्र देखाउने हो लक्ष्य प्राप्तिका लागि आफै जागरुक हुनुपर्ने उहाँले वताउनुभयो ।

कम्युनिष्ट पार्टि बहुलवादमा विस्वास नगर्ने वताउँदै उहाँले भन्न्ुभयो–‘जसको सिद्दान्तमा वहुलवाद हुदैन उनिहरू लोकतान्त्रिक हुन सक्दैनन् । अहिलेको महत्वपुर्ण आवस्यकता भनेको यकता हो र पार्टिको समृद्धि हो । कम्युनिष्टले राज्यका तिनै अंगलाई, संविधान तथा लोकतन्त्रलाइ क्षतविक्षत वनाउने काम भईरहेको छ । प्रेसलाई समेत अंकुश लगाइरहेको छ ।’

विपीको योगदान धेरै छ – कांग्रेश महामन्त्री कोइराला

नेपाली काग्रेशका महामन्त्रि प्राध्यापक डा शशांक कोइरालाले राष्ट्र निर्माणमा विपिको योगदान धेरै रहेको वताउनुभएको छ । हाल २५ देखि ३५ प्रतिसत रेमिटेन्सले धानेको भयर नेपाल रहेको वताउनुभयो । कम्युनिष्टहरू ठोस नीति विहिन रहेको वताउनुभयो । समाजमा प्रेस स्वतन्त्रता हुनुपर्नेमा सरकारले हस्तक्षेप गरेको आरोप लगाउनुभयो । समाजमा भ्रष्टाचार, हत्या हिंसा, वलात्कार जस्ता घटनाहरूले प्रसय पाइरहेको वताउनुभयो ।

गाउँको सुधारका लागि सारा शक्ति लाग्नुपनुपर्छ–नेता महत

काग्रेशका नेता डा. रामशरण महतले समाजमा सामन्ति प्रथा व्याप्त रहेको वताउनुभएको छ । काङ्ग्रेसको नीति भनेको राष्ट्र निर्माण भएको दावि गर्नुभयो । गाउँको सुधारका लागि सारा शक्ति लाग्नुपर्ने नेता महत वताउनुभयो । निजि तथा गैरसरकारि क्षेत्रलाई समेत आकर्षण गर्न सक्ने नीति ल्याउनुपर्ने र राष्ट्र निर्माणमा सहभागिता गराउनुपर्ने उहाँको भनाई छ । नेपाली काग्रेश मकवानपुरका सभापति इन्द्रबहादुर बाँनियाँको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेशका केन्द्रीय सदस्य महाँलक्ष्मी डिना उपाध्याय, नेपाल महिला संघका अध्यक्ष उमा रेग्मी लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*