राम रहीमकी सहयोगी हनीप्रितलाई जमानत

जनपत्र
२१ कार्तिक २०७६, बिहीबार ०६:०८

भारतीय एक अदालतले डेरा सच्चा सौदा प्रमुख गुरुमित सिंह राम रहीमकी सहयोगी हनीप्रितलाई जमानतमा रिहा गरेको छ ।रिहा भएपछि हनीप्रित बुधबार साँझ अम्बालाको एक जेलबाट बाहिर आएकी छन् । हनीप्रित करीब दुई वर्षदेखि जेलमा बस्दै आएकी छन् । उनीमाथि अदालतले राम रहीमलाई बलात्कारको दोषी घोषणा गरेपछि हिंसा भड्काएको आरोप लगाएको थियो ।

यसअघि उनीमाथि लगाइएको देशद्रोहीको आरोप हटाइएको थियो । यसबाट उनलाई जमानत मिल्न सक्ने अड्कल गरिएको थियो । भारतमा बाबा बनेर धर्मको आडमा आम मानिसलाई आर्थिक र यौन शोषण गर्ने र पक्राउ पर्ने क्रम बढ्दै गएको छ ।बाबा राम रहीमलाई पनि एक बिलासी र बलात्कारी घोषणा गर्दै भारतीय एक अदालतले जन्मकैदको सजाय दिएको छ । राम रहीम सो सजाय काट्दै छन् । –एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*