हेटौंडामा ट्रक र मोटरसाईकल ठोकियो, एक जनाको मृत्यु
हेटौंडा। हेटौंडा १५ रातोमाटे लच्कामा गएराती ट्रक र मोटरसाइकल ठक्कर खाँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा बजारबाट बारा तर्फ जाँदै गरेको ना ३८ प ६४० नम्बरको मोटरसाइकल र बाराबाट हेटौंडा तर्फ आउदै गरेको ना ६ ख ७३१७ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो । हेटौंडा १५ रातोमाटे बस्ने अन्दाजी ३५ बर्षीय औतार स्याङतानको घटनास्थलमै मृत्यु भएको एसपी सिंहले बताउनुभयो ।
दुर्घटनामा परी गम्भिर घाइते हुनेमा मोटरसाइकलमा सवार जितपुर सिमरा उपमहानगरपालिका– २२ तीन नम्बर पुल बस्ने ३२ बर्षीय मनिष लामा रहेको जनाएको छ। घाइते लामाको चुरेहिल अस्पतालमा उपचार भइरहेको र ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।







