जनतालाई माला लगाइदिने मकवानपुरका सांसद

गलामा माला पाएपछी नाकै छोपन्जेल लगाउने नेताहरुको चलन छ । तर, आफुलाई लगाईदिन ल्याएको माला कार्यक्रममा सहभागिहरुलाई कमै मात्रले लगाईदिन्छन् ।
हरि हुमागाईं
९ कार्तिक २०७६, शनिबार ०९:४२

हेटौंडा । फूलैफूलको माला देखेपछी नेपालका जो कोही, मन्त्री, नेता, सांसद, प्रधानमन्त्री सम्म पनि गला पुरै ढाक्नेगरी माला लगाउने प्रचलन छ । अझै गला पुरै भरिएर आँखा मात्र देख्नेगरी जती जनाले माला लगाइदिए पनि गला थाप्ने चलन पुरानै हो । माला टाउको सम्म आइपुग्नेगरी लगाएर फोटा खिचाउने अनी सामाजीक सञ्जालमा हालेर रमाउने चलन पनि छ । अझ कुनै गाउँमा जानुपरेमा त्यहाँका नागरिकलाई दिनभर माला गास्न लगाएर नेता, सांसद आइहालेमा गलाभरी माला लगाउने गरिन्छ । तर, आफुले माला लगाउँदिन भनेर कसैले पनि भन्न सक्दैनन् । वरु माला थपीरहन्छन् ।

अझै आफ्ना लागि ल्याएको माला अरुलाई लगाइदिने साहस कसैले पनि प्राय गर्दैनन् । तर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ पन्द्रसोलामा आयोजित जस्ता वितरण कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले आफ्ना लागि ल्याएको माला त्यसै क्षेत्रका जनताको गलामा लगाइदिनुभयो । कार्यक्रममा टेवलभरी माला गासेर राखिएको थियो । एउटा माला लगाएपछी सबै माला लगाउन मान्नुभएन । वरु आफ्ना लागि ल्याएको माला आफ्ना मतदाता र त्यस क्षेत्रबाट कार्यक्रममा सहभागि हुनु भएकालाई लगाईदिनु भयो ।

चिनीया राष्ट्रपतीले नेपाल आएर माला नलगाएको क्षण

चिनीया राष्ट्रपती नेपाल आउँदा पन्चकन्याले लगाउन दिएको माला पनि लगाउनु भएन । उहाँका लागि उनीएको सुन्दर माला आफ्ना सुरक्षाकर्मी मार्फत राख्न दिनुभयो । नेपालमा यतीका धेरै महत्वपूर्ण कार्यक्रममा आउँदा पनि एक पटक पनि उहाँको गलामा माला परेन । माला नलगाउँदा उहाँको हैसीयत घटेको देखिएन । वरु सबैले नेपालमा प्रसंसा गरेको देखियो । चिनीया राष्ट्रपतीले माला नलगाएको नेपालका राष्ट्रपती, प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु सवैले देखेका छन् । तर, उहाँको सिको कम मात्रैले गरेको देखिन्छ । गलामा माला नलगाउने साहस अझै धेरैले गर्न सकेका छैनन् ।

सांसदले माला लगाइदिएपछी जनता खुसी

खरको छानो मुक्त अभियान अनुसार जस्तापाता वितरण कार्यक्रममा सहभागि भएका सबै नागरिक सांसदको वरीपरि नवसीकन अली पर वसेका थिए । हेटौंडा वजारबाट डेढ घण्टा गाढी चढेपछी मात्र हेटौंडा १९ को पन्द्रसोला पुगिन्छ । हेटौंडा उपमहानगरपालिका भनेपनि अत्यन्त विकट मानिने त्यस स्थानमा पुग्दा कार्यक्रमको वरपर वसेकाहरुलाई पालै पालो संग नेकपाका केन्द्रीय सदस्य, मकवानपुर इन्चार्ज समेत रहनुभएका सांसद खतिवडाले माला लगाएपछी निकै खुसी समेत भए ।

जिवनमा यसरी कार्यक्रममा आएका अतिथीले आफुलाई माला लगाइदिएको यो पहिलो पटक भएको एक बृद्धाले वताउनुभयो । माला लगाइदिएपछी सबैका अनुहारमा खुसी छाएको थियो । जनतानै सर्वेसर्वा हुन, माला उनीहरुले लगाउने हो भन्ने सन्देश पनि सांसदले लगाईदिएको मालाबाट देखिन्छ ।

सांसद विरोध खतिवडाद्वारा ५० परिवारलाई जस्तापाता वितरण, अरु एक सय ५० परिवारलाई वितरण गर्ने 

हेटौंडा उपमहनागरपालिका वडा नम्बर १९ को पन्द्रसोला भन्ने गाउँमा घरका छाना भएका परिवारका लागि जस्ता वितरण गरिएको छ । संघिय सरकारको खरका छाना विस्थापीत गर्ने कार्यक्रम अनुसार आज हेटौंडाको पनि विकट मानिएको पन्द्रसोला गाउँका नागरिकलाई मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडा सहितको टोलीले जस्तापाता वितरण गरेको हो ।

यस क्षेत्रका ५० परिवारलाई ५० हजार हजार रुपैयाँको दरले जस्तापाता वितरण गरिएको हो । खरको छाना भएका परिवारका लागि मात्र जस्ता वितरण गरिएको सांसद खतिवडाले वताउनुभयो । संघिय सरकारले चालु आर्थिक वर्षमा खरको छाना भएका स्थानमा जस्तापाता वितरण गर्ने कार्यक्रम अनुसार मकवानपुर क्षेत्र नम्बर २ मा मात्र जस्ता वितरणको कार्यक्रम रहेको छ ।

मकवानपुरको हेटौंडाको १९ नम्बर वडा, मनहरी गाउँपालिका, कैलाश गाउँपालिका र मकवानपुर गढी गाउँपालिकाका गरी २ सय परिवारलाई जस्तापाता वितरण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । मकवानपुरमा पहिलोपटक आज खरका छाना भएका घरलाई विस्थापीत गर्दै जस्तापाता वितरण गरिएको हो । संघिय सरकारको वजेटबाट मकवानपुर सहित विभीन्न जिल्लामा खरको छाना विस्थापीत गर्दै जस्तापाता वितरण गर्न लागिएको हो ।

‘जनता भनेको देउता हो हामी विर्षदैनौ’

मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले जस्तापाता वितरण कार्यक्रममा बोल्दै जनता भनेको भगवान भएको आफुहरुले नविर्षने वताउनु भएको छ । जनताले चुनावमा मत हालेर जिताएपछी काम सकिएपनि आफ्ना काम भने पाँच वर्ष सम्म रहेको वताउनुभयो ।

आफुहरुले यस क्षेत्रमा खानेपानी, सडक निर्माण, बिद्यालय, बिधुतिकरणका लागि काम गर्ने वताउनुभयो । देशको सवै भन्दा विकट कर्णाली भएकाले हेटौंडाको विकट क्षेत्र पन्द्रसोला भएको वताउनुभयो । कार्यक्रममा हेटौंडा उपमहाँनगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले यस वडामा आफुहरुले विशेष ध्यान दिएर काम गरेको वताउनुभयो ।

सबै बालबालिका बिद्याल पठाउनका लागि आग्रह गर्दै उहाँले शिक्षामा अगाढी भएमा मात्र सवै क्षेत्रमा अगाढी वढ्न सकिने वताउनुभयो । कार्यक्रममा हेटौंडा १९ कमा वडा अध्यक्ष नरनाथ सुवेदीले आफ्नो वडामा विकट रहेको यसक्षेत्रमा ध्यान दिएर काम गरिएको वताउनुभयो । कार्यक्रममा प्रदेश ३ पत्रकार महासंघका अध्यक्ष प्रताप विष्ट, स्थानीय अशोक थिङ लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*