मकवानपुरको क्षेत्र नम्बर २ मा चार वटा बृहत खानेपानी योजना

जनपत्र
५ कार्तिक २०७६, मंगलवार ०५:४५

हेटौंडा । मकवानपुरको क्षेत्र नम्बर २ मा चार वटा ठुला खानेपानी योजना चालु आर्थिक वर्षमा निर्माण गर्न लागिएको छ । बषौदेखि खानेपानीका समस्या भोग्दै आएका यहाँका नागरिकका लागि खानेपानी सुविधा पु¥याउन लागिएको हो ।

मकवानपुरको थाहा नगरपालिका, मनहरी गाउँपालिका, भिमफेदी गाउँपालिका र कैलाश गाउँपालिकाका केही स्थानमा खानेपानी योजना लैजानका लागि काम सुरु गर्न लागिएको मकवानपुर क्षेत्र नम्बर २ का सांसद बिरोध खतिवडाले वताउनु भयो ।

भिमफेदी गाउँपालिकाको सुपिङमा लिफ्टबाट खानेपानी निकालेर घरघरमा पानी पुग्नेगरी काम भईरहेको छ । त्यस्तै थाहा नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ को पालुङ बृहत खानेपानी योजना निर्माण गर्न लागिएको सांसद खतिवडाले जानकारी दिनुभयो ।

यसैगरी मकवापनुरको मनहरीको रुपमाचुलीमा फरीवाङ बृहत खानेपानी योजना निर्माण गर्न लागिएको छ । कैलाश गाउँपालिकाको पकनीमा खानेपानी योजना निर्माण भईरहेको उहाँले वताउनुभयो । चारवटै खानेपानी योजना निर्माण भएपछी चारवटा स्थानीय तहका करिव एक हजार परिवार लाभावीत हुने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*