हेटौंडामा मानव अधिकार संरक्षण सम्वन्धी अन्तरक्रिया

जनपत्र
२९ बैशाख २०८३, मंगलवार १२:४४

हेटौंडा । हेटौंडामा मानव अधिकार संरक्षण सम्वन्धी अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम आज गरिएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका प्रमुख सचिब बाबुराम अधिकारीले प्रदेश सरकारका मन्त्रालयहरुले मानव अधिकारका क्षेत्रमा पनि बजेट छुट्याउनका लागि आग्रह गरेका छन् । अब प्रदेश सरकारले बजेट ल्याउने तयारी प िगरेकाले यसको तयारीमा जुट्नका लागि उनले आग्रह गरे । मानब अधिकार भनेको आफ्नो अधिकार प्राप्तिका लागि लाग्ने अरुको अधिकार पनि हनन हुन नदिने रहेको बताए । अहिलेको समयमा सबै नागरिकहरुले आधारभूत कुरा पुरा गर्नुपर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिब कृष्ण बहादुर साहीले मानव अधिकारका धेरै विषय संविधानमानै उल्लेख रहेको र त्यसै अनुसार आफुहरुले काम गरिरहेको वताए । मानव अधिकार भनेको देश, काल र परिस्थिती अनुसार फरक रहने बताए । अहिले काठमाण्डौंमा भइरहेका विषयले मानव अधिकारको विषय उठिरहेको बताए ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मानव अधिकारको विषयमा आफुहरु चनाखो रहेको बताए । मानव अधिकार भनेको लोकतन्त्रलाई सुदृढ गर्ने विषय रहेको उनले बताए । कार्यक्रममा बागमती प्रदेशका बिभिन्न मन्त्रालय, संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*