मकवानपुरमा सम्पन्न मध्य पृतनापति ट्रफी ७ नम्बर वाहिनीलाई

फुटबल, भलिबल, तेक्वान्दो, एथलेटिक्सका विभिन्न प्रतियोगितामा स्वर्ण पदक हासिल गरेर ७ नम्बर वाहिनेले मध्य पृतनापति ट्रफी हात पारेको हो ।
जनपत्र
२८ बैशाख २०८३, सोमबार ११:४८

हेटौंडा / मकवानपुरमा सम्पन्न मध्य पृतनापति ट्रफीको च्याम्पियन ७ नम्बर वाहिनी चनवन भएको छ ।

फुटबल, भलिबल, तेक्वान्दो, एथलेटिक्सका विभिन्न प्रतियोगितामा स्वर्ण पदक हासिल गरेर मध्य पृतनापति ट्रफी हात पारेको हो । हेटौंडाको सुपारीटार ब्यारेकको फुटबल मैदानमा सोमबार भएको फुटबलको फाइनल खेलमा ७ नम्बर वाहिनीको गोरखबहादुर गणले ६ नम्बर वाहिनीको शेर गणलाई ३-० गोलले पराजित गरेको छ।

वैशाख १४ देखि जारी मध्य पृतनापति ट्रफी प्रतियोगितामा बास्केट बलतर्फ ६ नम्बर वाहिनी विजयी भएको थियो । भलिबलतर्फ ७ नम्बर वाहिनीको गोरखबहादुर गण प्रथम भएको थियो । स्विमिङतर्फ ६ नम्बर वाहिनीको शेर गणले स्वर्ण पदक प्राप्त गरेको थियो । तेक्वान्दो, एथलेक्टिस र फुटबल प्रतियोगितामा ७ नम्बर वाहिनीले स्वर्ण पदक हात पारेको थियो ।

यसैगरी बक्सिङमा ६ नम्बर वाहिनीको श्रीनाथ गण प्रथम भएको थियो भने जुडोमा पनि ६ नम्बर वाहिनीले स्वर्ण पदक हात पारेको थियो । प्रतियोगिताका विजयी वाहिनी, गण, खेलाडी र निर्णायकहरुलाई मध्य पृतना हेटौंडाका पृतनापति बिष्णु कुमार खड्का, प्रजिअ वसन्त अधिकारी, प्रहरी नायब महानिरीक्षक दिपक रेग्मी, सशस्त्र प्रहरी बलका नायब महानिरिक्षक अन्जनी पोखरेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक  सन्जयकुमार यादवलगायतले  ट्रफी वितरण गरेका थिए ।

मध्य पृतनापति ट्रफीका विजेतालाई प्रधान सेनापति ट्रफी प्रतियोगिताका लागि क्लोज क्याम्प संचालन गरिने जनाएको छ । पृतनापति ट्रफी प्रतियोगितामा ६ र ७ नम्बर वाहिनीको साथै शेर गण, भैरवबहादुर गण र नयाँ सुवज गणका खेलाडी सहभागी थिए । उक्त प्रतियोगितामा भलिबल, फुटबल,  बास्केट बल, स्विमिङ, जुडो, बक्सिङ र एथ्लेटिक्सलगायत ८ खेलमा प्रतिस्पर्धा गराइएको थियो । विभिन्न विधाका प्रतियोगिता विभिन्न गण र वाहिनीमा संचालन गरिएको थियो । समापनको दिन सोमबार सुपारेटार व्यारेकको खेल मैदानमा फुटबलको फाइनल खेल गराइएको थियो ।

४७१ वटा मेडल रहेको उक्त प्रतियोगितामा १ सय २५ महिला खेलाडीसहित ५ सय ५० खेलाडी सहभागी रहेका थिए  । मध्य पृतना हेटौंडा प्रधान सेनापति ट्रफी प्रतियोगितामा पाँच पटक प्रथम हुन सफल भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*