हेटौंडा सिमेन्ट उद्योगमा क्लिङ्कर उत्पादन शुरू
मकवानपुर – लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन शुरू गरेको छ । गएको भदौ २४ गतेदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन शुरू गरेको उद्योगका सूचना अधिकारी वरिष्ठ अधिकृत हरेराम आचार्यले जानकारी दिनुभयो ।
क्लिङ्कर उत्पादन गर्ने र प्याकिङ्गको काम गरेसँगै उत्पादित सिमेन्ट बजारमा पठाइने तयारी भइरहेको उहाँले बताउनुभयो । नियमित उत्पादन हुँदा दैनिक सात–आठ सय क्विन्टल क्षमता भए पनि अहिले ६ सय क्विन्टलसम्म सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको उहाँको भनाइ छ ।
२०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन शुरू गरेको थियो ।







