हेटौंडाको तरकारी खेतीको अवलोकन गर्दै मुख्यमन्त्री पौडेल
हेटौंडा । हेटौंडा–६ चौघडामा सञ्चालन गरिएको तरकारी खेतिको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अवलोकन गर्नु भएको छ । उहाँले दशैको समयमा पनि केही समय निकालेर अवलोकन गर्नु भएको हो ।
प्रदेश ३ सरकारको भूमि, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा सुरु गरिएको गोलभेडा खेतिको मुख्यमन्त्री पौडेलले अवलोन गर्नु भएको हो । हेटौंडा ६ चौघडा का बालकृष्ण चौलागाईंले “मन्जुश्री आधुनिक फुल एवम् तरकारी खेती’’ मा निर्मित नेच्युरल्ली भेन्टिलेटेड गृनहाउसमा गरिएको गोलभेडा एवम् सयपत्री फुल खेती आधुनिक फामको उहाँले अवलोकन गर्नुभयो ।

गोलभेडा खेतिको अवलोकन गर्दै पौडेलले भन्नुभयो–‘अब को कृषीलाई आधुनिक बनाही उपात्दन लाई बडाहेर हाम्रो प्रदेश लाइ तरकारी मा आत्मानिर्वर बनाउनु पर्छ । यो बर्ष प्रदेश ३ सरकारले कृषिलाई उद्योगमा परिणत गर्न निम्न महत्त्वपूर्ण कामको थालनि गर्दैछ ।’
प्रदेश सरकारले विशिष्टिकृत उत्पादन क्षेत्र निर्धारण गरि सामुहिक करार खेतीमा आधारित एकीकृत कृषि प्रणालीलाई अभियानको रुपमा कार्यान्वयनमा ल्याउने उहाँले वताउनुभयो । उहाँले सार्वजनिक निजि क्षेत्रको साझेदारीमा एक जिल्ला एक एकीकृत श्रोतकेन्द्र सहितको कृषि फार्म संचालन गर्ने समेत जानकारी दिनुभयो । प्रदेशका ६६ निर्बाचन क्षेत्र ६६ नमुना कृषि फार्म संचालन गर्ने मुख्यमन्त्री पौडेलले वताउनुभयो ।








