हेटौंडा बजारका क्षेत्रका राजमार्गको सिमा भित्रका अधिकांश घर एकै दिन भत्काइयो

कडा सुरक्षा घेरामा सडक राजमार्ग फराकिलो बनाउन सडक डिभिजन कार्यालय हेटौंडा र प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा मेनरोड, रापतीरोड, एचआइडी, चौकिटोल लगायतका क्षेत्रका घरहरु भत्काइएको हो ।
जनपत्र
२१ मंसिर २०८२, शनिबार १४:२६

हेटौंडा । हेटौंडा बजारका क्षेत्रका राजमार्गको सिमा भित्रका अधिकांश घर एकै दिन आज भत्काइएको छ । कडा सुरक्षा घेरामा सडक राजमार्ग फराकिलो बनाउन सडक डिभिजन कार्यालय हेटौंडा र प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा हेटौंडाको मेनरोड, रापतीरोड, एचआइडी, चौकिटोल लगायतका क्षेत्रका घरहरु भत्काइएको हो ।
हेटौंडाको मुख्य बजार क्षेत्रमा कडा सुरक्षा घेराका बिचमा आज बिहान सवेरै देखि सडक चौडा बनाउने काम सुरु गरिएको थियो । हेटौंडाको बजार क्षेत्रमा पर्ने पुर्ब पस्चिम राजमार्ग र त्रिभुवनराजपथ सडकलाई फराकिलो बनाउने काम सुरु गरिएको हो ।

लामो विवाद र कानुनी उल्झनपछि हेटौँडा बजार क्षेत्रको मुख्य सडक दायाँ–बायाँ बनाइएका स्थायी तथा अस्थायी संरचनाहरू शनिवार बिहानदेखि भत्काउन सुरु गरिएको हो । डिभिजन सडक कार्यालयले बिहान साढे ५ बजेदेखि नै हेटौँडा बजारको बुद्धचोक क्षेत्रबाट डोजर परिचालन गरी सडकमा बनाइएका संरचनाहरू हटाउने काम सुरु भएको हो। व्यापक सुरक्षा व्यवस्था सहित करिब आधा दर्जन डोजर प्रयोग गरेर भवनहरू भत्काउने कार्य जारी रहेको छ।

मुख्य बजार क्षेत्रको सडक सिमामा बनाइएका स्थायीरअस्थायी संरचनाहरू डिभिजन सडक कार्यालयले चरणबद्ध रूपमा हटाइरहेको प्रजिअ बसन्त अधिकारीले बताए। उनका अनुसार हेटौँडाको राप्ती रोड तथा बुद्धचोक क्षेत्रमा संरचना भत्काउने काम भइरहेका छन्।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले हेटौँडा बजार क्षेत्रको सडक विस्तार रोक्ने कुनै आदेश सर्वोच्च अदालतबाट नआएकोले काम रोकिने अवस्था नरहेको स्पष्ट पारे।

सडक डिभिजन हेटौंडाले यसअघि मंसिर ५ गते सडक सीमा क्षेत्र खाली गर्न १५ दिने म्यादसहित सूचना जारी गरेको थियो। सो म्यादअनुसार मंसिर १९ गतेसम्म कार्यालयलाई कुनै पनि निकायबाट काम रोक्न निर्देशन नआएपछि शनिबारदेखि सडक विस्तार कार्य निरन्तर अघि बढाउने निर्णय गरिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*