निःशुल्क आँखा शिविर सम्पन्न
हेटौंडा । भीमफेदी गाउँपालिका कार्यालयको मुख्य आयोजनामा मङ्सिर १ गतेदेखि ४ गतेसम्म गाउँपालिकाको सम्पूर्ण वार्ड समेट्ने गरी विभिन्न क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन भई सम्पन्न भएको छ । बस्तिपुर जेसीज मनहरी र लायन्स क्लव अफ हेटौँडा स्मारकले संयोजन गरेको विभिन्न वार्डहरुमा भएको शिविरमा ५९४ जनाले आँखा परीक्षण गरेका छन् ।जसमध्ये २५ जनाको गाउँपालिकाको अस्पतालमा प्राविधिक टीम सहित उपकरण ल्याएर शल्यक्रिया गरिएको शिविरको प्रमुख आयोजक भिमफेदी गाउपालिकाले जनाएको छ ।
भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालले प्राविधिक सहयोग गरेका थिए भने मकवानपुर घर भई हाल अमेरिका रहनु भएका गोपेन्द्र भटट्राई एबं परिवारले शिविर सञ्चालनको लागि आर्थिक सहयोग गरेका थिए ।
आज सम्पन्न भएको शिविरमा गाउँपालिका उपाध्यक्ष संजीव श्रेष्ठ, भरतपुर आँखा अस्पतालका प्रमुख डाक्टर पुष्पा गिरी श्रेष्ठ ज्यू,नेत्र ज्योति संघ केन्द्रिय कार्यालय प्रमुख डा।चेतराज पन्त ज्यू,लायन्स क्लब स्मारकका अध्यक्ष जीवन छत्कुलि, बस्तिपुर जेसीज मनहरीका अध्यक्ष सन्तोष उप्रेती, नेपाल जेसिजका पूर्व उपाध्यक्ष सिनेटर तेज प्रसाद उप्रेती ९रमेश० लगायत भीमफेदी गाउँपालिका वडा नम्वर २, ४, ५, ६ का वडाध्यक्ष लगायतको आतिथ्य रहेको थियो यसरी गाउँपालिकाका स्वास्थ्य प्रमुख रामनाम थिङले कार्यक्रम सञ्चालन गरेका थिए ।







