हेटौँडा–च्याम्राङ्गबेशी- बनेपा बस सेवा सुरु

जनपत्र
५ मंसिर २०८२, बिहीबार ०७:२४

हेटौँडा/ काभ्रेको बनेपाबाट च्याम्राङ्गबेशी हुँदै बागमती प्रदेश राजधानी हेटौंडा आउ–जाउ गर्ने बस सेवा  सुरु भएको छ ।

स्थानीयवासीको माग र वडा कार्यालयको सिफारिसपछि सञ्चालनमा आएको क्यू बसले बनेपा, पनौती, दड्खर्क, च्याम्राङ्गबेशी, सुकमफेदी, सिलिडे, हुचिटार, बेतीनी, साइटार, फापरवारी, हात्तीसड, फर्केचौर, छतिउन, चिसापानी हुँदै हेटौँडासम्म नियमित सेवा दिने जनाएको छ।

बेथानचोक गाउँपालिका–१ का वडा अध्यक्ष मधुसुधन तिमल्सिनाले काभ्रे पुन्यवती यातायात प्रालि पनौतीलाई पत्र पठाएर बस सेवा सञ्चालनका लागि सहयोग गर्न अनुरोध गरेका थिए । वडा अध्यक्ष तिमल्सिनाका अनुसार सुपर बस सेवा सञ्चालन भएमा बेथानचोक गाउँपालिका तथा वडावासीलाई प्रदेश राजधानी आवत–जावतमा सहज हुनेछ ।’ उनले सम्बन्धित निकायलाई रुट अनुमति लगायतका आवश्यक प्रक्रिया पूरा गरिदिन आग्रह गरेका छन् ।

सुपर बस सेवा सञ्चालनसँगै प्रदेश राजधानीमा कार्यालय, व्यापारिक तथा व्यक्तिगत कामका लागि यात्रा गर्नु पर्ने स्थानीयवासीहरूलाई ठूलो राहत मिलेको छ । स्थानीयले लामो समयदेखि माग गर्दै आएको आधुनिक र सुरक्षित यातायात सेवा उपलब्ध भएपछि क्षेत्रकै आवत–जावत, व्यापार र पहुँचमा सहजता आउने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*