हेटौंडामा क्षति पुगेको पाइप मर्मत, खानेपानी सञ्चालनमा

जनपत्र
३ जेष्ठ २०८२, शुक्रबार ०९:२९

हेटौंडा । हेटौंडामा क्षति पुगेको पाइप मर्मतपछी खानेपानी सञ्चालनमा आएको छ । हेटौंडा वडा नंबर– १ को तिरतिरे धारा नजिक हेटौंडामा ल्याइएको पाइपमा क्षति पुगेपछी अहिले सञ्चालनमा ल्याइएको खानेपानी व्यावस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले बताए ।

सडक डिभिजन कार्यालयबाट सामरी खोलापट्टी रिटेनिङ्ग वाल निर्माण गर्ने क्रममा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको मुख्य खानेपानीको स्रोत सामरी समवेल तथा बुङ्गदल मुहानबाट उत्पादित पानी वितरणको लागि विच्छाइएको १४ इन्चको डिआई पाइप क्षतिग्रस्त भएको थियो । हिजो दिउसो देखि निरन्तर रुपमा काम गरेपछी रातीबाट सञ्चालनमा आएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका, सडक डिभिजन कार्यालय, हेटौंडा, खानेपानी तथा सरसफाई डिभिजन नंबर १, मकवानपुर, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सहकार्य र समन्वय मर्मत कार्य सम्पन्न भई रातको १ बजे देखि पानी सञ्चालनमा आएको छ ।

शुक्रबार बिहानबाट हेटौंडा नगरको मुख्य बजार क्षेत्रमा नियमित खानेपानी वितरण कार्य समेत संचालनमा आएको खानेपानी बोर्डका सूचना अधिकारी संजय न्यौपानेले बताए । खानेपानी संचालनको लागि मर्मत कार्यमा खानेपानी बोर्डका २५ जना कर्मचरीहरु खटिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*