मकवानपुरमा भीरबाट लडेर एक जनाको मृत्यु

जनपत्र
१८ चैत्र २०८१, मंगलवार १०:०८

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ राजदमारमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

स्थानीय गितावर सामुदायिक बन भित्र भिरबाट ३० मिटर तल लडि बकैया गाउँपालिका वडा नम्बर–६ सुदा बस्ने जित बहादुर लामाको लडेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

मृत अवस्था रहेको छ भनि सोहि वडाका वडा अध्यक्ष लक्ष्मी जिम्बा मार्फत खवर प्राप्त भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*