हेटौंडाको हुप्रचौरमा बेवारिसे प्रेसर कुकर भेटियो, स्थानीय त्रसित

जनपत्र
२९ फाल्गुन २०८१, बिहीबार २१:१८

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४, हुप्रचौरस्थित शितलमहल चोक नजिक सडकमा बेवारिसे अवस्थामा प्रेसर कुकर देखिएपछि स्थानीय त्रसित बनेका छन् ।

स्थानीय सिर्जना पौडेलको घर अगाडि सडक छेउको बिजुलीको पोलसँगै प्रेसर कुकुर फेला परेपछि खतराजन्य वस्तु रहेको आशंकामा उनले प्रहरीलाई खबर गरेकी छन् ।

जनपथ प्रहरी र सशस्त्र प्रहरीले घटनास्थललाई सुरक्षित राखेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रेसर कुकर बम रहेको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टिमलाई खबर गरिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*