मकवानपुरमा सडक खन्नेक्रममा पहिरोले स्काभेटर पुरीयो

जनपत्र
२६ फाल्गुन २०८१, सोमबार १३:५७

हेटौंडा । मकवानपुरमा सडक खन्नेक्रममा पहिरोले स्काभेटर पुरीएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर– ९ च्यानपाखा स्थित सडक खन्नेक्रममा माथीबाट ठुलो ढुङ्गा सहितको पहिरो खस्दा स्काभेटर दुर्घटनामा परेको हो ।

बागमती प्रदेशको भौतिक पुर्बाधार बिकास हेटौडाद्धारा निर्माण हुन लागेको गोलमोड देखि फापरबारी जाने भित्र सडक खण्डको नयाँ सडक खन्ने क्रममा माथीबाट ठुलो ढुङ्गा सहितको पहिरो खसि स्काभेटरको केही भाग पुरेको हो ।

पहिरोले प्र ३–०१–००३ क ६८०९ नंबरको स्काईभेटर आधा भाग सोही पहिरोमा पुरिएरर क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । स्काईभेटर घटनास्थलमै पुरिएको अबस्थामा रहेको, निकाल्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*