सामाजिक रुपान्तरणमा महिला पत्रकारको भूमिका, चुनौति र अवसर विषयक अन्तरक्रिया
हेटौंडाः शनिबार सञ्चारिका समुहनेपाल मकवानपुरले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समाजिक रुपान्तरणमामहिला पत्रकारको भूमिका, चुनौति र अवसर विषयक अन्तरक्रिया कार्यक्रम आयोजनागरेको छ ।
सोही अवसरमा औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलालश्रेष्ठले समूहलाई २ सय थान सेनेटरी प्याड वितरण गरिएको छ । सबै महिला र बालिकाको लागिःअधिकार समानता र सशक्तीकरण भन्ने उद्देश्यले नारीदिवस मनाइएको हो ।
सञ्चारिका समूह नेपाल मकवानपुरकी अध्यक्ष निशा गुरुङकोअध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुखआतिथ्यतामा कार्यक्रम भएको थियोे । कार्यक्रममा मन्तव्य राख्नुहुँदै मेयर लामालेपरम्परादेखि चलिआएको रितिरिवाजका कारण महिलामाथि विभेद भइरहेको जानकारीदिनुभयो । जसलाई सहज रुपमा लिएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
सञ्चारिका समूह नेपाल बागमती प्रदेशकी अध्यक्ष सरिता दाहालले समाजिक रुपान्तरणमा महिला पत्रकारको अवसर प्रस्तुतगर्नुभयो । उहाँले सञ्चारिका समूह नेपालमकवानपुरमा कोष खडा गर्न हेटौंडा उपमहानगरपालिकाले सहयोग गरिने प्रतिबद्वताजनाउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष भावना रिजालले आफूलेपत्रकारिता क्षेत्रमा गरेका संघर्ष र अनुभव प्रस्तुत गर्नुभएको थियो । नेपाल पत्रकारमहासंघ बागमती प्रदेशकी पूर्व उपाध्यक्ष सम्झना कार्कीले समाजिक रुपान्तरणमा महिलापत्रकारको भूमिका र चुनौति प्रस्तुत गर्नुभयो ।
महिला पत्रकारले ७ वटा सञ्चार माध्यमआफैंले संचालन गर्न सफल भएको जानकारी दिनुहुँदै महिला पत्रकारको सशक्तिकरण, समानअवसर र समुचित संरक्षणका लागि सबैको सहकार्यमा जोड दिनुभयो ।
कार्यक्रममा नेपालपत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईँ, स्वतन्त्र पत्रकार संघका केन्द्रीयउपमहासचिव सुरेश श्रेष्ठ, प्रेस सेन्टर नेपाल मकवानपुरका अध्यक्ष एमपी शर्मा, प्रेसयुनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष राजन घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।
यसैगरी सञ्चारिका समूह नेपालमकवानपुरकी उपाध्यक्ष जमुना थिङले नेपाल पत्रकार महासंघ मकवानपुरमा सदस्यता प्राप्त गर्नेमहिला २८ जना रहेको जानकारी दिनुभयो ।







