फागुन २० गते मकवानपुर सहितका ५ जिल्लामा माझी समुदायका लागि सार्वजनिक विदा

जनपत्र
१० फाल्गुन २०८१, शनिबार ०७:२७

हेटौंडा । बागमती प्रदेश सरकारले फागुन २० गते मकवानपुर सहितका ५ जिल्लामा सार्वजनिक विदा दिने भएको छ ।
वाग्मती प्रदेश सरकारले माझी समुदायको लदी पर्वका दिन सार्वजनिक बिदा दिने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्षको फागुन २० गते मनाइने लदी पर्वमा माझी समुदायका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने बताए ।

वाग्मती प्रदेशमा मकवानपुर, चितवन, सिन्धुली, दोलखा,धादिङ जिल्लामा माझी समुदायको बसोबास छ । मन्त्रिपरिषद् बैठकले दुई जना कर्मचारीको बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ । बैठकले संघीय सरकारबाट सरुवा भई आएका सहसचिव उदय राना मगरलाई पदस्थापन गर्ने निर्णय गरेको छ भने प्रदेशका सिनियर डिभिजन इन्जिनियर नवीन सिंहलाई ११ औँ तह सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले सहसचिव रानालाई प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको सचिव पदमा कामकाजका लागि खटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछानेले दिए । उनका अनुसार पूर्वाधार विकास कार्यालय ललितपुरमा कार्यरत उपसचिव स्तरका सिनियर डिभिजन इन्जिनियर सिंहलाई कार्यसम्पादन तथा योग्यताको आधारमा ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*