मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु

जनपत्र
२० माघ २०८१, आईतवार १२:३८

हेटौंडा । मकवानपुरमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–४ जैसिङताल स्थित भित्रि सडकखण्डमा रहेको करङभिर खण्डमा पैदल हिडिरहेको अवस्थामा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पर्षाको पटेर्वा सुगौली गाउँपालिका–३ ठुलोदेवली बस्ने ४२ वर्षिय राज कपुर चौधरी उक्त बाटोबाट ७० मिटर तल भिरमा खस्न गई घाइते भएको र हेटौंडा अस्पतालमा ल्याएपछी डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*