प्रेस चौतारीको नबौ जिल्ला अधिबेसनः सामाजिक संजाललाई प्रतिबन्ध हैन, नियमन गर्नुपर्छ– योगेश भट्टराई
हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुरको नबौ जिल्ला अधिवेशन हेटौंडामा भएको छ । अधिवेशनको उद्घाटन् गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिब योगेश भट्टराईले सामाजिक संजालको प्रयोगलाई नियमन गर्नुपर्ने बताउनुभयो ।
भट्टराईले जातीय विद्वेष, सत्ताको कमजोरी, राष्ट्रिय एकता र व्यक्तिगत मर्यादामा नोक्सान पुर्याउने सामग्रीको प्रचारलाई रोक्नका लागि सामाजिक संजालमा नियमन आवश्यक रहेको बताउनु भएको हो। प्रेस चौतारी नेपाल मकवानपुर शाखाको नवौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
त्यसै गरि पुर्व प्रधानमन्त्री प्रचण्डको पालामा बन्द गरिएको टिकटकलाई प्रधानमन्त्री ओलीको पालामा पुनः खोलिएको उदाहरण दिँदै, पार्टीले सामाजिक संजाललाई प्रतिबन्ध नगरी, त्यसको प्रयोगमा नियमन ल्याउनुपर्ने भन्दै सामाजिक मिडिया प्लेटफर्महरूको नियन्त्रणको आवश्यकता रहेको जनाएका छन् ।
उहाँले भन्नू भयो “समाजमा अनैतिक र भ्रामक कुरा फैलाएर सामाजिक असमझदारी सिर्जना गर्नुहुँदैन। यसका लागि प्रभावकारी नियमन जरुरी छ।”
भट्टराईले फेसबुक, ट्विटर, टिकटक जस्ता सामाजिक मिडिया प्लेटफर्ममा अनैतिक र भ्रामक सामग्रीको प्रसारलाई रोक्नुपर्ने धारणा व्यक्त गर्नु भएको छ । यसका साथै, यस्ता प्लेटफर्म मोनेटाइज गरि पैसा कमाउनेहरुलाई करको दायरामा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्सर राना, एमाले केन्द्रीय सदस्य भारती पाठक, पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष गणेश पाण्डे, प्रेस चौतारीका नेता विश्वमणि सुवेदी, उपाध्यक्ष राजेश राइ, महासचिब हिरामान लामा, सचिब बिष्णु तारुके, नेकपा एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामा लगाएतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रेस चौतारीले मकवानपुरले तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ । पत्रकार धर्बेन्द्र दाहाल, प्रतिक्षा न्यौपाने र बिवश अधिकारीलाई पुरस्कृत गरेको छ । उनीहरु तीनै जनालाई नगद सहित पुरस्कृत गरेको हो । यसैगरी पत्रकार प्रताप विष्ट, देबराज रिमाल, सुवास विडारी धुर्ब प्रसाद चौलागाइ, उज्वल चौलागार्ई लगायतकालाई सम्मान गरिएको छ ।
यसैगरी नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाई प्रेस चौतारी मकवानपुरमा प्रवेश गर्नु भएको छ । प्रेस चौतारी मकवानपुरको नवौ जिल्ला अधिवेशनमा समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष शिवप्रसाद चौलागाईंसहित सिङ्गो जिल्ला कमिटी प्रेस चौतारी नेपालमा समाहित भएको हो ।
अध्यक्ष चौलागाईसहितका नेताहरूलाई नेकपा एमालेका सचिव योगेश भट्टराईसहित प्रेस चौतारीका नेताहरूले स्वागत गर्नुभएका हुन् । समाजवादी प्रेस संगठनका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहित केन्द्रका सबै नेता प्रेस चौतारीमा समाहित भएपछि समाजवादी प्रेस संगठनका देशभरका सदस्यहरू प्रेस चौतारीमा समाहित हुने क्रम जारी रहेको छ ।








