हेटौंडामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव आयोजना गरिदै

जनपत्र
१५ माघ २०८१, मंगलवार १८:०८

हेटौंडा । निर्माण व्यावसायीसंघ मकवानपुरको आयोजनामा हेटौंडामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव आयोजना गरिदै छ । महासंघको आयोजनामा आगामी फागुन महिनामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को आयोजना गर्न लागिएको हो ।

१० वर्षपछि दोस्रो संस्करणको रुपमा हुने महोत्सब २०८१ फागुन ६ गतेदेखि १८ गतेसम्म हुँने निर्माण व्यावसायीसंघ मकवानपुरका अध्यक्ष बालगोपाल कडेलले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

महोत्सव तथा प्रदर्शनीबाट हुने निर्माण व्यवसायसँगै यसक्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुऱ्याउने उद्देश्यका साथ महोत्सब आयोजना गरिएको हो।

महोत्सवमा निर्माण उद्योग क्षेत्रको वर्तमान समस्या, चुनौति, अवसरका बारेमा छलफल, गोष्ठीलगायतका अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिने छ ।
नेपालमा क वर्गका निर्माण व्यवसायीहरुसमेत सहभागी भई यस क्षेत्रसँग सरोकार राख्ने सरोकारवालासमेतको सहभागितामा हुने छलफल, गोष्ठीका निस्कर्षहरु नीति निर्मातालाई ध्यानाकर्षण गराइने छ ।

महोत्सवमा निर्माण क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरणहरु र निर्माण सामाग्रीहरुको प्रदर्शनी, विकी र प्रदर्शनीमा विशेष जोड दिइएको छ ।

महोत्सव निर्माण सामाग्री उद्योगी, विकेता र उपयोगकर्ताबीच सोझो सम्पर्कको स्थापना गराई व्यवसाय वृद्धि गर्ने, उत्पादित बस्तुहरुको बजार प्रवर्द्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, निर्माण उद्योगी र व्यवसायीहरुका वीच समस्या, अवसर र चुनौतीबारे अन्तक्रिया गर्ने र स्थानीय औद्योगिक, निर्माणलगायत उत्पादन तथा सेवाहरुको विशेष प्रवर्धनमा सहयोग पुऱ्याउने उद्देश्यले आयोजना गरिएको अध्यक्ष कडेलले बताए ।

महोत्सव अवधिमा निर्माण उद्योग क्षेत्रका नयाँ सम्भावनाको खोजी, सान्दर्भिक गोष्ठी, अन्तक्रिया र कार्यशालालाई विशेष जोड दिइने भने निर्माण व्यवसायी, दर्शक, उपभोक्ताहरुका राय, सल्लाह तथा सुझावहरु संकलन गरिने बताइएको छ।

महोत्सवमा निर्माण उपकरण, निर्माण सामाग्री, औद्यौगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामाग्रीलगायत स्थानीय उत्पादन गरी ३५० स्टल रहने छन् । यस्तै गायन क्षेत्रको आइडल र मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुति रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*