बागमती प्रदेशमा दुर्घटना कम गर्न सवारीसाधनको झल्लर र स्टिकर हटाउने अभियान

जनपत्र
१६ पुष २०८१, मंगलवार ०७:३३

हेटौंडा । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले बागमती प्रदेशको १० जिल्लामा झल्लर र स्टिकर हटाउन थालेको छ । अभियान नै सुरु गरेर प्रदेशभित्र चल्ने ठुला साना सवारीमा जडान गरिएको फोकस लाइट, झल्लर र स्टिकर हटाउन थालिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनले जनाएको छ ।

धादिङ, चितवन, काभ्रे, मकवानपुर, रामेछाप, सिन्धुली, नुवाकोट, दोलखा, सिन्धुपाल्चोक र रसुवामा चल्ने ७ सय ३२ वटा सवारी साधनको झल्लर, स्टिकर र फोकस लाइट ट्राफिक प्रहरीले हटाएको छ ।

पुस १३ बाट सुरु गरिएको सो अभियान निरन्तर सञ्चालन हुने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

उनले भने, ‘सवारी साधनमा अनावश्यक रूपमा लगाइएको स्टिकर, झल्लर र फोकस लाइटको कारण दुर्घटनाको जोखिम बढ्ने हुनाले हटाउन लगाइएको हो ।’

ध्वनि प्रदूषण गर्ने प्रेसर हर्न पनि ट्राफिक प्रहरीले हटाएको छ । गाडी कम्पनीले जडान गरेको भन्दा चालकले थप फोकस लाइट जडान गरेर चलाउँदा विपरीत दिशाबाट आउने सवारी साधन चलाउन असहज हुने र दुर्घटनाको जोखिम हुने ट्राफिक प्रहरीका अधिकृतहरू बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*