हेटौंडामा आगामि बर्षको योजना बनाइदै

जनपत्र
१४ चैत्र २०८०, बुधबार १८:४५

हेटौंडा– जनताबाटै सुझाब अनुसार नगरको बिकासलाई अघि बढाउँने उद्देश्य अनुरुप हेटौंडा उपमहानगरपालिकाले वडा स्तरबाटै योजना बनाउँन सुरु गरेको छ । आगामि आर्थिक बर्ष २०८१/०८२ मा हुने कामलाई नगरवासी बिच अपनत्व गराउँन आवश्यक रहेको भन्दै उपमहानगर वडाहरुमा पुग्ने भएको हो ।

नगरवासीलाई आगामि योजनामा समावेश गराउँनका लागि बुधबार हेटौंडा उपमहानगरपालिका–१ नम्बर वडाबाट आर्थिक बर्ष २०८०/०८१ को बार्षिक योजना निर्माणका लागि सरोकारवालाहरुसँग छलफल तथा सुझाब संकलन कार्यक्रम सुरु गरेको हो ।

वडातहबाटै आएको माग अनुसार काम गर्दा नगरको बिकासमा सबैको भावना समेटिने भएकाले १९ वडाहरुमा योजना संकलनको काम हुने उपमहानगरपालिका बित्त व्यवस्थापन महाशाखा प्रमुख अनिरुद्र नेपालले बताए ।

स्थानिय पालिकाको बजेट निर्माण पुर्व ७ चरणमा छलफल र समन्वय गर्नुपर्ने निति अनुसार उपमहानगर सबै वडाहरुमा पुग्नेगरी काम अघि बढाइएको उनले जानकारी दिए । सुचना संकलन गर्दै श्रोतलाई सुनिश्चितता गर्ने उद्देश्य अनुसार काम अघि बढाएको उनले बताए । अधिकार आफैमा राख्ने नेतृत्व कर्ताको सोच हुने अवस्थामा उपमहानगरले जनतालाई सुबिधा दिने सोच अनुसार योजनाको भुक्तानी र फरफारकको काम वडा बाटै गर्नुले नगरको काममा सहजता भएको महाशाखा प्रमुख नेपालले बताए ।

आउँदो बर्ष बन्ने बजेटमा वडाहरुको राजश्व संकलनको क्षमता अनुसार बजेट व्यवस्थापन गर्ने सोच रहेको भन्दै राजश्व संकलनलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको उनले बताए । १ नम्बर वडा कार्यालयमा भएको सुझाब संकलनमा स्थानियले खानेपानी, स्वास्थ्य, शिक्षा र पुर्वाधार बिकासको काम गर्न आवश्यक रहेको बताएका थिए । वडाको नकौली, ध्याङसिंटार, भैरवडाँडा सहितको माथिल्लो भेगमा खानेपानीको चरम समस्या रहेको भन्दै दैनिक छाक टार्ने पानिको व्यवस्थापनका लागि २÷३ घण्टाको यात्रा गर्नुपर्ने अवस्था रहेको स्थानिय कुमारीमाया स्याङतानले बताइन् ।

केन्द्र सरकारको ठुलो योजना निर्माण पछि पानीको समस्या समाधान हुन्छ भनेर बिगत ४÷५ बर्ष देखि कुर्दापनि काम नभएको उनले गुनासो गरीन् । पानीको सुबिधाका लागि टंकी निर्माण, श्रोतको सुनिश्चितता हुँदा पनि समस्या नगरेको उनिहरुको भनाई थियो । कार्यक्रममा कालिका आधारभुत बिद्यालयका प्रधानाध्यापक बैकुण्ठ पराजुलीले भौगोलिक बिकटताका कारण माध्यमिक बिद्यालय थप गर्न जरुरी रहेको बताए । उनले वडा भरीमा एक मात्र माध्यमिक बिद्यालय भएका कारण ग्रामिण भेगमा रहेका बिद्यार्थिलाई समस्या भएको बताए । उनले बालमैत्री नगर घोषणाको क्रममा रहँदा शैक्षिक गुणस्तर र बिद्यालयको पुर्वाधार निमार्णमा ध्यान दिन जरुरी रहेको बताए ।

योजना निर्माणमा सहभागिले बिकास निर्माणका कामलाई समुचित ढंगबाट लैजानु पर्ने, बिद्यालयको पुर्वाधार निर्माणमा ध्यान दिनुपर्ने, बिकट गाउँमा रहेको शहरी स्वास्थ्य चौकीमा आवश्यक पुर्वाधारको व्यवस्था मिलाउँन जरुरी भएको सुझाब दिएका थिए ।

आगामि आर्थिक बर्षको योजना निर्माणमा जुटेको हेटौंडा उपमहानगरपालिकामा नगर प्रमुख मीनाकुमारी लामाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताएकी छन् । हेटौंडा उपमहानगरपालिका–१ नम्बर वडाबाट सुरु भएको योजना तर्जुमा बैठकलाई संबोधन गर्दै नगर प्रमुख लामाले सडक निर्माण, स्ल्याब ढलान जस्ता पुर्वाधार निर्माणको कामलाई कटौंती गर्दै शिक्षा र स्वास्थ्य केन्द्रीत बजेट आगामि आर्थिक बर्षमा आउँने बताइन् ।

‘अब हामि बिकासलाई फरक ढंगले लैजान्छौं’ नगर प्रमुख लामाले भनिन् । आगामि आर्थिब बर्षलाई शैक्षिक बर्षको रुपमा मनाउँने उपमहानगरको लक्ष्य रहेको भन्दै उनले शिक्षा र स्वास्थ्यलाई प्राथमितामा राखेर अघि बढ्ने बताइन् । बिकसको काम गर्दै गर्दा नगरवासीको आर्यआर्जन र दिगो बिकासलाई ध्यान दिने उनको भनाई थियो ।

उनले गाउँमा रहेको बाँनो जमिनबाट कसरी नियमित आय गर्न सकिन्छ भन्ने अध्ययन गरेर जनतलाई आर्थिक फाईदा हुने उपाइको खोजि गरीने बताइन् । छर्ने गरी बजेट बनाउँने होइन् दिगो ढंगबाट काम लाई अघि बढाउँदै लैजाने योजना बनाइएको उनको भनाई थियो । नगरका १९ वटै वडाहरुमा रहेका नगरवासीले उठाएका बिषयलाई प्राथमिताका आधारमा कार्यान्वयनमा लैजाने उनको भनाई थियो ।

योजना तर्जुमामा नगरका उपप्रमुख राजेश बानियाँले जनताले दिएको म्याडेड अनुसार बिकासका कामलाई अघि बढाइने बताए । नगरका सबै भागको भावनालाई समेटेर अघि बढ्ने उद्देश्य अनुसार कार्यक्रमलाई वडाहरुमा ल्याएको उनले बताए । शिक्षा र स्वास्थ्यलाई नगरको बिकासको कडिका रुपमा लिएर अघि बढ्ने गरी कम गर्छौै उनले भने । ‘स्तरीय बाटो होइन स्तरीय शिक्षा र स्वास्थ्य भन्ने सोचमा हामि छौं त्यहि ढंगले अघि बढ्छौं’ उनले बताए ।

हेटौंडा १ का वडा अध्यक्ष सबिन न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा स्थानिय राजनितिक दलका प्रतिनिधी, बिद्यालयका प्रधानाध्यापकहरु, टोल बिकास सस्थाका प्रतिधिनी, बाल समुहका संयोजकहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*