कोपा इटालियाको उपाधि इन्टर मिलानलाई

जनपत्र
११ जेष्ठ २०८०, बिहीबार ०९:५७

काठमाण्डौ – कोपा इटालियाको उपाधि इन्टर मिलानले जितेको छ ।

गएराति भएको फाइनलमा फियोरेन्टिनालाई २–१ गोलले हराउँदै इन्टरले उपाधि जितेको हो ।

इन्टर लगातार दोस्रो पटक कोपा इटालियाको उपाधि जित्न सफल भयो ।

फियोरेन्टिनासँगको फाइनल खेलमा इन्टरले एक गोलको अग्रतालाई उल्टाएर जित निकाल्यो ।

खेलको तेस्रो मिनेटमा निकोलस गोन्जालेजले गोल गरी फियोरेन्टिनालाई अग्रता दिलाएका थिए ।

तर इन्टरका लाउटरो मार्टिनेजले खेलको २९ औँ र ३७ औँ मिनेटमा गोल गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*