मकवानपुरमा खोलाको जोखिमका क्षेत्रमा तटबन्धन गर्न सांसद बर्तौलाको माग

जनपत्र
२७ बैशाख २०८०, बुधबार १३:५३

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ का सांसद तथा एमाले सचेतक महेश कुमार बतौलाले वर्षायाम सुरु भइसकेकाले तटबन्धन निर्माण गर्नका लागि संघीय सरकारको ध्यानाकर्षण गराउनु भएको छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले भन्नुभयो–‘वर्षा सुरु हुन थालिसकेको छ मकवानपुर गढीका जनताहरु सामरी खोला बढेसंगै चिन्तित छन् । सामरी खोला बलियो तट बन्धनको लागि नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

यसैगरी उहाँले हेटौंडाको लालझाडी देखि त्रीबेणी धाम हुँदै मनहरीको लोथर सम्म राप्ती नदि नियन्त्रणको लागि बृहत गुरु योजना बनेकोमा सरकारको ध्यान दिनुपर्ने बताउनुभयो । यसैगरी सांसद बर्तौलाले मातातिर्थ देउराली चखेल बाटोको ४ पटक म्याद थपेर काम सम्पन्न हुन नसकेको अवस्थामा जेष्ठमा चौथो पटक थपिएको म्याद सकिदै छ । सरकारले यसतर्फ गम्भिरताको साथ ध्यान दिन पनि आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*