हैदराबादलाई हराउँदै दिल्लीको दोस्रो जीत
सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली क्यापिटल्सले लगातार दोस्रो जीत निकालेको छ। सोमबार राति दिल्लीले हैदराबादलाई उसकै मैदानमा ७ रनले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो। जवाफमा हैदराबाद ६ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो।
दिल्लीका लागि अक्षर पटेल र मनिष पाण्डेले समान ३४-३४ रन बनाउँदा मिचेल मार्शले २५ रन बनाए। त्यस्ते कप्तान डेभिड वार्नरले २१ रन बनाएका थिए। हैदराबादका लागि वासिंग्टन सुन्दरले ३ विकेट लिंदा भुवनेश्वर कुमारले २ विकेट लिएका थिए।
जवाफमा १४५ रनको लक्ष्य पछ्याएको हैदराबादका लगि मंयक अग्रवालले ४९ रन बनाए। त्यस्तै, हेनरिच क्लासेनले ३१ रन बनाउँदा वासिंगछन सुन्दर २४ रनमा अविजित रहेपनि टिमका हार टार्न भने सकेनन्। अन्तिम ओभरमा १३ रन चाहिएको हैदराबादले ५ रन मात्र बनायो।






