बैचारिक रुपले प्रष्ट पार्टीले मात्र देश र जनताको अगुवाई गर्न सक्छ–केन्द्रीय सदस्य राई
हेटौंडा । नेकपा एमालेका केन्द्रीय सदस्य कमल जंग राईले बैचारिक रुपले प्रष्ट र सांगठनिक रुपले बलियो पार्टीले मात्र देश र जनताको अगुवाई गर्न सक्ने बताउनुभएको छ केन्द्रीय सदस्य राईले आज मकवानपुरको बागमति गाउँपालिका वडा नम्बर नौ को दोस्रो अधिवेशनको उदघाटन गर्दै उक्त कुरा बताउनुभएको हो।
एमालेको मिशन ग्रासरुट तल्लो तहबाटनै पार्टी बलियो बनाउने अभियान भएको कुरामा उहाँले जोड दिनुभएको थियो । अधिबेशनले अशोक ग्यालनको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको छ। कमिटीको उपाध्यक्षमा कृष्ण बहादुर भ्लोन, सचिबमा राजन सिजांलि, उप सचिबमा टंकिमाया पुलामि र आईतलाला मोक्तान निर्बाचित भएका छन। अधिबेशनमा एमाले बागमति प्रदेश कमिटी सदस्य देबराज रिमाल, जिल्ला सचिबालय सदस्य खेम जर्गा मगर, जय बहादुर वाईबा जिल्ला सदस्य मदन दुरुङच्याङ लगायतकाले शुभकामना मन्त्यब्य दिनुभएको थियो।








