हेटौंडाका एक हजार कार्यकर्तालाई एमाले महासचिब पोख्रेलले प्रशिक्षण दिने
हेटौंडा । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका कमिटीले नगरका १९ वटै वडा र टोल कमिटी समेतका कार्यकर्ताहरुलाई प्रशिक्षण दिने भएको छ । एमालेका महासचिब शंकर पोखे्र्रलले आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) २०७९ अन्तरगत यही बैशाख २ गते पोख्रेलले हेटौंडाका एक हजार कार्यकर्तालाई प्रशिक्षण दिन लाग्नु भएको एमाले नगर अध्यक्ष शालिकराम पुडासैनीले बताउनुभयो ।
एमालेले जिल्लाका दश वटै स्थानीय तहमा ग्रासरुट अभियान अन्तरगत दुइ महिनाको अवधिमा व्यापक कार्यकर्ता परिचालन भइरहेको एमाले मकवानपुरका अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य एका लाल श्रेष्ठले वताउनुभयो । मिशन ग्रासरुड अभियान अन्तरगत गर्नु पर्नु सबै काम मकवानपुर जिल्लामा दुइ महिनाको अवधिमा सकिने बताउनुभयो ।
अभियानबाट पार्टी सदस्यता नवीकरण र विस्तारमार्फत् आधारभूत तहमा पार्टी सदस्यहरुको वास्तविक तथ्याङ्क, उनीहरुको अवस्था, पालिका, वडा र टोल कमिटीको क्रियाशीलता र समग्रमा आधारभूत तहमा पार्टीको अवस्थाबारे यथार्थ र वस्तुनिष्ठ जानकारी प्राप्त गर्ने काम भएको छ । पार्टीको आधारभूत पङ्क्ति पार्टीका आधार भूत सैद्धान्तिक राजनीतिक विषयमा प्रशिक्षित हुने अपेक्षा राखिएको छ । दुइ गते हुने कार्यक्रमको सबैजसो तयारी पुरा भएको एमाले नगरकमिटीका सचिब बोल बहादुर कार्कीले बताउनुभयो । कार्यक्रममा एमाले मकवानपुरका सचिब नविन सिग्देल लगायतकाको आतिथ्यता रहेको थियो ।







