स्ववियु निर्वाचनमा मकवानपुरमा एमाले, समाजवादी र विप्लवको एउटै मोर्चा
हेटौँडा / आउँदो चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो संगठनका उम्मेदवारहरुलाई मत दिएर विजयी गराउन एमाले, एकीकृत समाजवादी र विप्लव निकट नेकपाले आग्रह गरेको छ ।
शनिबार साझ नेकपा एमाले, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा र तिनका विद्यार्थीसंगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफू निकटका बामपन्थी विद्यार्थी संगठनका उम्मेदवारहरुलाई मत दिएर विजयी गराउन आग्रह गरेका हुन ।विज्ञप्तिमा भनिएको छ ‘आगामी चैत्र ५ गते मकवानपुर जिल्लाका ८ वटा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुन गईरहेको व्यहोरा हामी सबैलाई अवगत नै छ । उक्त दिन सम्पन्न हुन गईरहेको स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू र नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) विचमा तालमेल र सहकार्य गरी संयुक्त प्यानल बनाएर निर्वाचनमा जाने सहमति गरेका छौँ ।
यस जिल्लाको सम्पूर्ण क्याम्पसहरुमा हुने स्ववियु निर्वाचनमा अग्रगमन र परिवर्तनका पक्षधर वामपन्थि विद्यार्थी संगठनहरुको संयुक्त प्यानल लाई अत्याधिक मतका साथ विजय गराउनु हुन सम्पूर्ण विद्यार्थीहरुमा हार्दिक अनुरोध गर्दछौँ।’
चैत्र ५ गते हुने स्ववियु निर्वाचनकालागि शनिबार दिउँसो एमाले, नेकपा एस र विप्लव नेतृत्वको नेकपा निकटका विद्यार्थी संगठनहरुले गठबन्धन गरेर निर्वाचन लड्ने गरि भगबन्डा मिलाएर मनोनयन दर्ता गराएका थिए ।







