शिक्षक संगठन मकवानपुरगढीकाे प्रथम गाउँपरिषद्

जनपत्र
१४ असार २०७६, शनिबार २०:०२

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरगढी गाउँपालिकाकाे प्रथम ऐतिहासिक गाउँपरिषद् तथा विस्तारित जिल्ला बैठक आज मकवानपुरगढी दरवार परिसरमा सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष बिदुर हुमगाईकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय परिषद् सदस्य रमेश प्रसाद लामिछानेकाे विशेष आतिथ्यतामा सम्पन्न भएकाे हाे । देश संघियतामा गईसकेपछि शिक्षकका पेशागत अधिकार स्थानीय तहलाई नै सुम्पिएकाेले स्थानिय शिक्षक संगठन नै क्रियाशील भएर लाग्नुपर्नेमा बक्ताहरुले जाेड दिए ।

कार्यक्रममा पालिका अध्यक्ष विदुर हुमगाईले शिक्षा क्षेत्रकाे बिकासमा आफू सकरात्मक भएर लागिपरेकाे बताउदै मकवानपुर गढी गाउँपालिकामा प्राबिधिक शिक्षाकाे थालनी, नमुना विद्यालकाे विकास एवम् सम्पूर्ण विद्यार्थिलाई दिवा खाजा ब्यवस्था गरिएकाे अवगत गराउनुभयाे । विद्याललय मर्ज गर्ने र दरबन्दी मिलानकाे प्रक्रिया भने अहिलेकाे जटिल विषय भएकाेले त्यसमा सबैकाे सहयाेगकाे अवश्यक रहेकाे बताउनुभयाे ।

यता संगठनकाे विस्तारित जिल्ला बैठकले भने आफ्नै नीजि भवन निर्माण र घडेरी खरिदका लागि कार्यदल निर्माण गरि अघि बढ्ने निर्णय गरेकाे प्रचार विभाग प्रमुख सुनिल गाैतमले बताउनुभयाे । संगठन पालिका अध्यक्ष शिबप्रसाद लामिछानेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष श्रीराम दाहाल, उपाध्यक्ष द्वय लक्ष्मी गजुरेल, किशाेर बर्ताैला, सचिव पुरुषाेत्तम आचार्य, सहकाेषाध्यक्ष चन्द्रादेवी लामा बल, लगायत जिल्ला एवम् पालिका कमिटिका पदाधिकारीकाे उपस्थिति रहेकाे थियाे । पालिका उपाध्यक्ष टंकप्रसाद चाैलागाईले स्वागत गर्नुभएकाे कार्यक्रम सचिव बद्री गाैतमले सञ्चालन गर्नुभएकाे थियाे । कार्यक्रममा करिव १ सय ५० जनाकाे सहभागिता रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*