रोट्रयाक्ट क्लब अफ हेटौंडाको अध्यक्षमा देवकोटा पदस्थापित

रोट्रयाक्ट क्लब अफ हेटौंडाको बर्ष २०१९ / २० को अध्यक्षमा सरोज देवकोटा पदस्थापित हुनुभएको छ । शनीबार भएको क्लबको चौथो पदस्थापन कार्यक्रममा देवकोटा बर्ष २०१९/२०को अध्यक्षमा पदस्थापित हुनुभएको हो । क्लबका बर्ष २०१८/ १९ का अध्यक्ष बिबश अर्यालले देवकोटालाई आगामी बर्षको नेतृत्व प्रदान गर्दै अध्यक्षको माला लगाइदिनुभयो ।
क्लबको नेतृत्व सम्हाल्दै देवकोटाले क्लबको बार्षिक कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रमको योजना प्रस्तुत गर्नुभयो । क्बलले गर्दै आइरहेको छात्रबृत्ति कार्यक्रमलाई थप बिस्तार गर्ने, लागुऔषध बिरुद्ध क्याम्पस स्तरमा सचेतना कार्यक्रम गर्ने लगाएतका योजना सार्बजनिक गर्नुभयो ।
यस्तै क्लबका सदस्यहरुलाई थप क्रियाशील बनाउँदै उनिहरुको क्षमताबृद्धिको लागि कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसैगरी कार्यक्रमका प्रमुख अतिथी जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौलागाईले देश विकासमा युवाहरु सकरात्मक सोच र शक्ति लगाउनुपर्ने बताउनुभयो । सरकारले युवाशक्तिलाई भविष्यको कर्णधारको रुपमा मात्र नलिइ राज्यको नीति निर्माणमा युवालाई साझेदारी गराउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा रोटरी क्लब अफ हेटौंडाका बर्ष २०१८/१९ का अध्यक्ष लेखराज पोखरेलले सामाजिक काममा राट्रयाक्ट युवाहरुको सक्रियताप्रति खुशी व्यक्त गर्दै अझै थप सामाजिक काममा लाग्न हौसला दिनुभयो । कार्यक्रममा रोटरी क्लब अफ हेटौंडाका प्रेसिडेन्ट इलेक्ट इन्द्र नेपाल, पूर्व अध्यक्षहरु शिद्धिलाल श्रेष्ठ, बिजयकुमार बैद्य लगाएतले मन्तव्य व्यक्त गर्नुभयो ।