बागमतीको सामाजिक विकास मन्त्रालयद्वारा अख्तियारी नदिइ ३६ करोड खर्च, विना प्रतिस्पर्धा अस्पतालको सामान खरिद

हेटौंडा । बागमती प्रदेशको समाजिक विकास मन्त्रालयद्वारा अख्तियारी नदिइकन आर्थिक वर्ष २०७७–२०७८ मा ३६ करोड ३६ लाख १६ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । मन्त्रालयलाई बजेट बिवरण र खर्च विवरण प्राप्त भएको १५ दिन भित्रमा मन्त्रालयका सचिबले आफ्नो मन्त्रालय, मातहतका कार्यालयका प्रमुखहरुलाई अख्तियारी दिनुपर्ने व्यवस्था भएपनि अख्तियारी नदिइकन खर्च गरेको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । अख्तियारी नदिइकन आफै खर्च गर्ने परिपाटी बन्द गर्न महालेखाले सुझाब दिएको छ ।
यस विषयमा महालेखाको प्रतिवेदन यस्तो छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले राजमार्ग सामुदायिक अस्पताल गजुरी धादिङ्गलाई बिभीन्न सामाग्री खरिदका लागि ३० लाख रुपैयाँ उपलब्ध गराएकोमा बिना प्रतिस्पर्धा सोझै खरिद गरेकोमा महालेखा परिक्षकको कार्यालयले पश्न उठाएको छ । अस्पतालसंगको संझौतामानै प्रतिस्पर्धाबाट सामान खरिद गर्ने भनिएपनि त्यसो नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
यस विषयमा महालेखाको प्रतिवेदन यस्तो छ ।