भक्तपुरमा रुख ढलेर बस र स्कुटर च्यापिँदा ३ जनाको ज्यान गयो

जनपत्र
८ श्रावण २०७९, आईतवार १५:५९

भक्तपुर – भक्तपुरमा रुख ढलेर बस र स्कुटर च्यापिँदा तीन जनाको ज्यान गएको छ । अन्य १५ जना घाइते भएका छन् ।

भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटर च्यापिँदा भक्तपुर वडा नम्बर २ बस्ने २५ वर्षका विशेष खर्बुजासहित तीन जनाको ज्यान गएको हो । ज्यान गुमाएका बाँकी दुई जनाको परिचय खुल्न सकेको छैन ।

काठमाण्डाैबाट भक्तपुरका लागि छुटेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरकाे स्कुटरलाई सल्लाको रुख ढलेर लागेको हो । घाइतेहरूको भक्तपुरकै विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

अहिले घटनास्थलमा अनुसन्धान अधिकृतसहितको उद्धार टोली पुगेर प्रारम्भिक अनुसन्धान गर्नुका साथै  ढलेको रुख र च्यापिएको सवारीसाधन हटाउने काम भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*