चीनमा यो हप्ता उष्णलहर, तापक्रम उच्च हुने चेतावनी

जनपत्र
८ श्रावण २०७९, आईतवार ११:२३

unn.prixa.net

चीनका केही भूभागमा उष्णलहरका कारण अबकाे १० दिन उच्च तापक्रम हुने अनुमान गरिएको छ ।

केही प्रान्तहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएको छ । सङ्घीय सरकारले जङ्गलमा डढेलो लाग्न सक्ने चेतावनी दिएको छ ।

दक्षिण–पूर्वी जेजियाङ प्रान्तका केही सहरले उच्च तहको चेतावनी जारी गरेका बीबीसीले जनाएको छ ।

उष्णलहरसँग जुझ्न चीनमा धेरै मानिसहरूले घर, कार्यालय र उद्योगमा वातानुकूलित उपकरण प्रयोग गर्न थाले पनि त्यसले राष्ट्रिय ऊर्जा आपूर्तिमा असर पार्न सक्ने देखिन्छ । मानव सिर्जित जलवायु परिवर्तनका कारण संसारभर उष्णलहर नियमित, जोखिमपूर्ण र लामो बन्दै गइरहेका छन् ।

विश्वभरका देशहरूले उत्सर्जन कम नगरे तापक्रम बढिरहने विज्ञहरूले चेतावनी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*