बेलायतमा रहेका गाेर्खा सैनिकलाई नेपाली नागरिकता पाउने सुविधा दिनुपर्छ : सांसद दाहाल

जनपत्र
६ श्रावण २०७९, शुक्रबार १५:३२

काठमाण्डाै – नेकपा एमालेका सांसद कृष्णप्रसाद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताउनुभएको छ ।

आज शुक्रवार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै सांसद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकलाई नेपाल र बेलायत दुवै देशको नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताउनुभयो ।

संशोधन प्रस्ताव राख्दै उहाँले भन्नुभयो, ‘नेपाल र बेलायतबीच भएको सन्धिअनुसार गोर्खा सैनिकको हकमा माथि उल्लेखित दफाहरू लागू हुने छैनन्, उनीहरूलाई दुवै देशको नागरिकता प्राप्त गर्न सक्ने सुविधा हुनेछ ।’

नेपाली महिलासँग विवाह गरी नेपालमै १५ वर्षसम्म बसोवास गरेका नेपाली महिलाका श्रीमानलाई पनि अङ्गीकृत नागरिकता दिनसक्ने प्रावधान राख्नुपर्ने सांसद दाहालकाे भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*