राष्ट्रिय आविष्कार केन्द्रको ‘न्यायो नानी’ मेसिनले अमेरिकामा जित्यो पिपुल च्वाइस अवार्ड

काठमाण्डाै – महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले बनाएको बच्चालाई न्यानो बनाउने मेसिन अर्थात बेबी वार्मर मेसिनले अमेरिकामा भएको एउटा प्रदर्शनीमा पिपुल्च च्वाइस अवार्ड जितेको छ ।
अमेरिकाको नर्थ इस्ट ओहिओ मेडिकल युनिभर्सिटीले गरेको बायो मेडिकल उपकरणको आविष्कार प्रदर्शनीमा नेपालको राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियरले बनाएको बेबी वार्मर मेसिनले पिपुल्स च्वाइसको अवार्ड जितेको अध्यक्ष महावीर पुनले जानकारी दिनुभएको छ ।
बेबी वार्मर बनाउने इन्जिनियरले अमेरिकाको भिसा नपाएपछि मेसिनलाई कार्गोमार्फत अमेरिका पठाइएको र इन्जिनियरले जुममार्फत भाग लिएको पुनले बताउनुभएको छ । पुनले आउँदाे दिनमा आविष्कारको क्षेत्रमा अघि बढ्न अवार्डले हौसला मिलेको पनि उल्लेख गर्नुभएको छ ।