नेपाल र नेपालीको हितमा काम गर्छु

जनपत्र
६ श्रावण २०७९, शुक्रबार ११:२३

काठमाण्डौ – ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालले नेपाल र नेपालीको हितमा काम गर्ने बताउनुभएको छ ।

बिहीबार नेपाली दूतावास मस्कटमा आफ्नो पदभार ग्रहण गर्दै राजदूत अर्यालले आउँदा दिनमा नेपाल र ओमानबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै  नेपाल र नेपालीहरूको हितमा काम गर्ने बताउनुभएको हो ।

नवनियुक्त राजदूत अर्यालले साउन ५ गतेदेखि ओमानका लागि नेपाली राजदूतको पदभार ग्रहण गर्नुभएको छ । राजदूत अर्याल यसअघि राहदानी विभागको महानिर्देशक हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*