बागमतीमा स्थानीय निर्वाचन परिणाम सोचेजस्तो भएन‚ हाम्रै कारणले–एमाले अध्यक्ष ओली

गठबन्धन तोड्न चाँदीको तरबार बनाउनु आवश्यक छैन : ओली
जनपत्र
४ श्रावण २०७९, बुधबार १९:०५

काठमाडौँ — वाग्मती प्रदेशमा स्थानीय तह निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम हात पार्न नसकेको नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । उनले आफ्नै पार्टी नेता र कार्यकर्ताहरूका कारण नै स्थानीय तह निर्वाचनमा सोचेजस्तो परिणाम प्राप्त हुन नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् ।

एमालेको वाग्मतीस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्ने क्रममा ओलीले पार्टीका नेता र कार्यकर्तामा इमानदारिता‚ अनुशासन र संकल्पको कमीका कारण स्थानीय तहको निर्वाचनमा वाग्मती प्रदेशमा सोचेजस्तो परिणाम नआएको बताए । ुगएको स्थानीय निर्वाचनको परिणाम यस प्रदेशमा जस्तो हुनुपर्थ्योस त्यस्तो भएन । कसको कारणले भन्दा हाम्रो आफ्नै कारणले भएन, पार्टीको वाग्मती प्रदेश कमिटीका नेता तथा कार्यकर्ताहरूलाई ओलीले भने, ुकामरेडहरूलाई इमानदार भएर सोच्न आग्रह गर्छु । कति इमानदारिताका साथ, कति इमान्दार भएर सोच्यौ र काममा लाग्यौं ।

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन भत्काउनका लागि प्रयास गर्न नहुने बताएका छन् । उनले सत्ता गठबन्धभित्रका दलका नेताका स्वार्थले आफैं फुट्ने पनि दाबी गरे ।

एमाले वाग्मती प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बुधबार ओलीले आगामी निर्वाचनमा अहिलेको सत्ता गठबन्धनमा रहेका दलहरूलाई साथ लिन आवश्यक नभएको पनि बताए । ुयिनीहरूको उद्देश्यमा, गन्तव्यमा, एकता होइन स्वार्थको एकता हो । स्वार्थको एकता स्वार्थको टकरावमा बदलिन्छ । त्यसैले धेरै हतार गरेर यिनीहरूको एकता तोड्नका लागि चाँदीको तरबार बनाउनु आवश्यक छैन । स्वार्थको टकरावबाट आफै फुट्छ, आफ्नै हिसाबले,ु उनले भने । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी एउटै प्रवृत्तिका दलहरू भएकाले उनीहरूमध्ये एउटालाई एमालेले आफ्नो साथमा लिएर अरुविरुद्ध लड्न आवश्यक नभएको ओलीको भनाइ थियो । त्यसो गर्दा राष्ट्रिय हित नहुने र पार्टीलाई पनि फाइदा निमल्ने उनको तर्क थियो ।

तत्कालीन नेकपामा आफूले दिएको शक्ति लिएर आफैलाई सडकमा पुर्‍याएको र कारबाही गरिएको स्मरण गर्दै ओलीले कांग्रेसको नेतृत्वमा सरकारमा रहेकाहरू वामपन्थी दल हुनै नसक्ने बताए । माओवादी र एकीकृत समाजवादी वामपन्थी दल भए एमाले वामपन्थी नहुने उनको भनाइ थियो । ुहामीले दिएको तागत लिएर, एकता गर्दा मैले दिएको तागत लिएर हामीलाई सडकमा पुर्‍याएको होइन रु भविष्यमा समेत अयोग्य हुने गरी कारबाही गर्नेहरू होइनन् रु हामीले दिएको संख्या दुरुपयोग गरेर,ु उनले भने ।

एमालेसँग गठबन्धन गर्ने हो भने अहिलेको सत्ता गठबन्धन छोड्नुपर्ने ओलीको सर्त थियो । कोही वामपन्थी भए गठबन्धन गर्न एमाले तयार छ । त्यसका लागि गठबन्धन छोडेर आउनुपर्छ, उनले भने । तर, उनीहरू एमालेसँग गठबन्धन गर्न आउनेमा आफू विश्वस्त नभएको उनको भनाइ थियो । आफ्नै कार्यकर्ता अर्को दललाई भोट हालिरहेको अवस्थामा पार्टी फुटाएर, सरकार ढलाएर जानेहरू आउनेमा आफूलाई विश्वास नभएको भन्दै उनले आग्रह गरे, ुदेश बनाउने कुरामा यी आउलान्, लाग्लान् भन्ने विश्वास छैन । यहाँ आफ्नै साथीहरू त अर्कालाई भोट दिन कुदिराख्या बेलामा त्यस्ताको के विश्वास गर्नु । त्यसैले पार्टी बनाउन, पार्टीको शुद्धीकरण थालौं । आफूलाई कम्युनिस्ट बनाउँ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*