मुलुकमा आर्थिक संकट देखिन लागेकाले सरकारले प्रदेश खारेज गर्नुपर्छ–हेटौंडाका निबर्तमान मेयर महत

जनपत्र
४ श्रावण २०७९, बुधबार १८:३३

हेटौंडा । पछील्लो समय मुलुकमा आर्थिक संकट देखिन थाल्ने भएकाले सरकारको ठुलो आर्थिक भार रहेको प्रदेश तह खारेज गर्नुपर्ने आवाज उठ्न थालेको छ । हिजो आज सामाजिक सञ्जानलमा मात्र होइन । वरपरका चियापसल, साथीभाइ भेट हुँदा समेत पनि प्रदेशको संरचना खारेज गर्नुपर्ने आवाज उठिरहेको हो । यसैक्रममा हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरि बहादुर महतले संघीय सरकारले सात वटा प्रदेश खारेज गर्नका लागि आग्रह गर्नु भएको छ ।

जनतालाई कर थोपर्ने र नागरिकबाट उठेको करको रकम प्रदेश तहका सांसद, मन्त्री, कर्मचारी, सयौं वटा सवारीका कारण पनि झनै समस्यामा परेको बताउनु भएको छ । प्रदेश तह खारेज गरेमा मुलुकलाई व्यभार कम पर्ने उहाँले बताउनुभयो । सात प्रदेशको औचित्य कम हुँदे गएको र आर्थिक समस्या पनि बढ्दै गएकाले प्रदेश तह खारेज गर्नका लागि आग्रह गर्दै महतले भन्नुभयो–‘म एउटा पार्टीमा आवद्ध छु ।

पार्टीका तर्फबाट भन्दा पनि मेरो व्यक्तिगत तर्फबाट भन्ने हो भने प्रदेश तह खारेज गरेर स्थनाीय तहलाई बलियो बनाएर अगाडि बढ्नका लापगि आग्रह गर्दछु ।’ अहिले सम्म सबै नागरिकले प्रतक्ष रुपमा अनुभुती गरेको सरकार भनेको केन्द्रमा संघीय सरकार र तल्लो तहमा स्थानीय सरकार रहेको बताउनुभयो । प्रदेश तह खारेज गर्दा आम नागरिक झनै खुसी हुने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*