वर्षाका कारण कैलालीको धनगढी बजार जलमग्न

जनपत्र
४ श्रावण २०७९, बुधबार ११:५५

काठमाण्डाै – बिहानैदेखिको वर्षाले कैलालीको धनगढी बजार जलमग्न भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३ र ५ का बस्ती डुबानमा परेका छन् । डुबानका कारण आउजाउ गर्न र व्यापार व्यवसाय सञ्चालन गर्न कठिन भएको छ ।

पानीको निकास नभएकाले वर्षा हुनासाथ डुबान हुने गरेको धनगढीका मेयर गोपाल हमालले जानकारी दिनुभयो । खोला, नाला अतिक्रमणमा परेका कारण हरेक वर्षको बर्खामा धनगढी ढुबानमा पर्ने गरेको उहाँले बताउनुभयो ।  आफ्नो पाँच वर्षको कार्यकालमा खोला तथा नदीको बहावलाई प्राकृतिक रुपमा फर्काउने गरी काम थालिसकेको पनि उहाँको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*