दैलेखमा पानी ट्याङ्कीमा डुबेर दाजुबहिनीको ज्यान गयाे

जनपत्र
३ श्रावण २०७९, मंगलवार १४:३१

काठमाण्डाै – दैलेखमा पानी ट्याङ्कीमा डुबेर दाजुबहिनीको ज्यान गएको छ ।

दुल्लु नगरपालिका वडा नम्बर ३ कर्णाली नदीको छेउमा सिँचाइका लागि जम्मा गरेको ट्याङ्कीमा डुबेर त्यही ठाउँका  १२ वर्षका दिनेश महत र बहिनी ९ वर्षकी मनिता महतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिनुभयो ।

बुबाआमा खेतमा काम गरिरहेका बेला  हिजो बेलुका उनीहरु डुबेका शाहले बताउनुभयो । गर्मी भएर पौडी खेल्न गएका बेला डुबेको हुनसक्ने प्रहरीको अनुमान छ । मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि दुल्लु लगिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*