पहिराे खसेपछि राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्ड अवरुद्ध

जनपत्र
३ श्रावण २०७९, मंगलवार १२:००

दाङ – पहिराे गएका कारण राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण हिजाे बेलुका पहिरो खसेपछि दाङ–सल्यान सडक खण्डको चोरखोला नजिकै पहिरो जाँदा गाडी ठप्प भएकाे छ ।

पहिरोसँगै माथिबाट ठूलो ढुङ्गा खसेपछि सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

गएरातिदेखि नै पहिरो हटाउन प्रयास भइरहे पनि पहिरो झरिरहेका कारण  सडक सञ्चालनमा आउन नसकेकाे प्रहरीले जनाएको छ । अहिले दुई वटा डोजर लगाएर पहिरो पन्छाउने काम भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*