रोल्पामा ६८ वर्षीय पुरुष मकैबारीमा मृत भेटिए

जनपत्र
२ श्रावण २०७९, सोमबार ०६:५७

रोल्पामा एक व्यक्ति मृत भेटिएका छन् । रुन्टीगढी गाउँपालिका-२ धैरेनीका ६८ वर्षीय लक्ष खत्री मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार मृतकको शव रुन्टीगढी गाउँपालिका(४ सुर्पालस्थित युवराज रानाको मकैवारीमा फेला परेको हो ।

घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*