मकवानपुरका ७ सय ५५ घर निर्माणमा अनुदान रकम दिने निणय

जनपत्र
१२ असार २०७६, बिहीबार १८:३२

हेटौंडा । मकवानपुरमा जग्गा जमिन नभएका भूकम्प पीडित परिवारले अब पुन निर्माण प्राधिकरणको अनुदानबाट घर निर्माण गर्न पाउने बाटो खुलेको छ । मकवानपुर क्षेत्रनम्बर २ का सांसद बिरोध खतिवडाको अध्यक्षतामा आज हेटौंडामा बसेको बैठकले लालपूर्जा नभएका ७ सय ५५ परिवारलाई पून निर्माण प्राधिकरणको सहयोगमा घर निर्माण गर्ने बाटो खुलेको हो । मकवानपुरको बकैया, मनहरी, भिमफेदी, बागमती लगायतका गाउँपालिकाका भूकम्प पीडितहरुलाई संझौता गरेर अनुदान रकम लिनका लागि सहज भएको हो ।

यसअघि २०७२ साल बैशाख १२ गते आएको भूकम्पका कारण घर ढलेपनि कार्यविधि अभाबका कारण घर निर्माणका लागि पाउने ३ लाख रुपैयाँ पाउन सकेका थिएनन् । अब भने भुकम्प पीडितका लागि घर निर्माण गर्न सहज भएको सांसद खतिवडाले बताउनुभयो ।
आजकै बैठकले आंशिक क्षेति भएका घर । तर, प्रबलिकरण गर्नुपर्ने अवस्था भएका ३ सय २७ परिवारलाई पनि सहज हुने भएको छ । घरको लालपुर्जा नभएकै कारण प्रबलिकरणमा पर्न समस्या भएका परिवारलाई पनि एक लाख रुपैयाँ अनुदान रकम पाउने भएका हुन् ।
यसअघि सांसद खतिवडाकै अध्यक्षतामा बसेको बैठकले ६ सय ३२ परिवार पूर्ण क्षेति भएका तर, लालपुर्जा नभएका भुकम्प पिडत परिवारलाई अनुदान रकम दिनका लागि बैठको निणय पछी बाटो खुलेको थियो । त्यसपछी पून निर्माण प्राधिकरण संग संझौताको काम सुरु गरिसकेका छन् ।

लाभग्राहीको सूचिमा परेका भूमिहीन भूकम्प पीडितहरुले स्थानान्तरण हुन नचाहेमा परम्परा देखि भोग गर्दै आएको साविकको घडेरी जग्गामा नै निजी आवास पूनर्निर्माण गर्न चाहेको अबस्थामा राष्ट्रिय पनुर्निर्माण प्राधिकरणको काम कार्वाहीमा समन्वय गर्न गठित जिल्ला समन्वय समितिले यो निणय गरेको हो । भुकम्प पीडितले सोही स्थानमा घर पुनर्निर्माण गर्न स्वीकृती दिने व्यबस्था भए बमोजिम यस मकवानपुर जिल्लाका ७ सय ५५ भूमिहीन पूर्ण लाभग्राहीहरु र प्रवलीकरणका ३ सय २७ भूमिहीन लाभग्राहीहरु गरि जम्मा १ हजार ८२ भूमिहीन लाभग्राहीबाट साविककै स्थानमा पुनर्निर्माण गर्न सिफारिस गरिएको हो । बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैजनी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*