हेटौंडा–२ का २० वटा टोलविकास संस्थालाई कपडाको झोला वितरण

जनपत्र
३२ असार २०७९, शनिबार १९:०२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ का २० वटा टोल बिकास संस्थाहरुलाई कपडाको झोला वितरण गरिएको छ । टोल विकास संस्था २ नम्बर वडा समन्वय समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा झोला वितरण गरिएको हो ।

२० वटा टोल विकास संस्थाका प्रत्यक सदस्यहरुलाई कपडाको झोला वितरण गरिएको हो । आज टोल विकास संस्थाका अध्यक्षहरुलाई कपडाको झोला हस्तान्तरण गरिएको छ । साउन १ गते देखि प्लाष्टिकका झोला नबोक्ने प्रतिबद्धा व्यक्त गर्दै कपडाका झोलाहरु वितरण गरिएको थियो ।

हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महासाखाका प्रमुख विष्णु कुमारी लामिछाने, वातावरण साखाका प्रमुख शान्ति विश्वकर्मा लगायतकाको आतिथ्यता रहेको थियो । टोल विकास संस्था २ नम्बर वडा समन्वय समितिका अध्यक्ष मनिसा घलेको अध्यक्षतामा भएको कार्यक्रममा बिभीन्न टोल विकास संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

साउन १ गतेबाट २ नम्बर वडामा ४० माइक्रोन भन्दा तलको झोला प्रयोगमा रोक लगाउने उदेस्यले कपडाको झोला वितरण गरिएको टोल विकास संस्था वडा समन्वय समिति २ नम्बर वडाका सचिब गिता तिमल्सीनाले जानकारी दिनुभयो । कपडाका झोला वितरण गर्ने कार्यक्रम यस वडाका बिभीन्न सरकारी तथा गैरसरकारी संस्थाहरुमा पनि गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*