कृषक महिलाको प्रश्न “रक्सिभन्दा दूध सस्तो ?”
हेटौंडा/ कृषिमा समय र श्रम लगानी गरेर आय आर्जन बढाउन लागिपरेका ग्रामीण महिलाको मनोबल घटिरहेको भन्दै ग्रामीण महिलाको समस्यालाई सम्बोधन गर्ने नीति बनाउन सुझाव दिईएको छ । ग्रामीण महिला नीतिको मस्यौदामा छलफल गर्दै सहभागीले यस्तो बताएका हुन ।
कार्यक्रममा सहभागी ग्रामीण महिला सन्जाल सिन्धुपाल्चोक अध्यक्ष रोशनी एसि लामाले महिलालेे दुख गरेर उत्पादन गरेको दुधको मूल्य रक्सिको भन्दापनी सस्तो भएको गुनासो गरिन । महिलाहरुले ऋण गरेर दुख गरे उत्पादन गर्यो श्रीमानले खर्च गरेपछी समस्या भएको सहभागीले बताए ।
राष्ट्रिय महिला आयोगको आयोजनामा हेटौंडामा भएको प्रदेश स्तरीय सरोकारवालाबीचको छलफलमा सहभागीहरुले महिलाको आर्थिक अवसरमा वृद्धि तथा ब्यवस्थापन गर्नुपर्ने गरि नीतिगत ब्यवस्था गर्नुपर्ने बताईएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख भगवती पुडासैनीले महिलाको अधिकार प्रभावकारी रुपमा कार्यन्वयन गर्न नसकेको बताईन । नेपाली महिलाको योगदान कहि कतैपनी मुल्यांकन नभएको कारण समस्या भएको उपप्रमुख पुडासैनीले बताईन । घरपरिवार भित्र नै भूमिकाको साझेदारी नभएको कारण महिलाले पाएको दायित्व जिम्मेवारी पुरागर्न कठिनायी हुने गरेको उनले बताईन ।
सबैपालिकाले ग्रामीण महिला नीति कार्यान्वयन गर्नुपर्ने उनले बताईन । “ग्रामीण मात्रै हैन शहरी गरीबीले जर्जर भएका महिलाको पीडालाई पनि यो नितिले सम्बोधन गर्नुपर्छ” पुडासैनीले भनिन । अन्तरास्ट्रिय नीति तथा महिलाको पीडालाई बन्दै गरेको ग्रामीण महिला नीतिले समेट्नुपर्ने उनले बताईन । कार्यक्रम हेटौंडा उपमहानगरपालिका उपप्रमुख मिना लामाले महिलाको कार्यबोझ घटाउने गरि कार्यक्रमहरु ल्याईरहेको बताईन ।
सबै महिलाको भूमिका बिस्तार गर्नुपर्ने गैसस प्रदेश उपाध्यक्ष आरती पाठकले बताईन । गाउँगाउँमा महिलाको सीप, शिक्षा र नेतृत्वको कुरा जोड्नुपर्ने उपाध्यक्ष पाठकले बताईन । उनले जग्गामा महिला-पुरुष संयुक्त नाममा दर्ता गर्ने, सामुदायिक वनमा महिलाको बर्चश्व बढाउनुपर्ने,महिलालाई सूचना र प्राविधिमा अगाडि बढाउने जस्ता कुरामा पनि जोड दिनुपर्ने बताईन । ग्रामीण महिला सूचना तथा सन्चार नीति गाउपालिकाहरुमार्फत ल्याउनु पर्ने पाठकले बताईन।
कार्यक्रममा राष्ट्रिय महिला आयोग उपसचिव मिरा शेरचनले ग्रामीण महिला नीति को मस्यौदा प्रस्तुत गरेकी थिईन । कार्यक्रममा नीति तथ योजना आयोग प्रदेश ३ का शाखा अधिकृत सुरेन्द्र भट्टराईले महिलाको अवस्था सुधारकोलागि महिलालाई प्रौढ शिक्षा, ब्यवसायिक सीप, स्वास्थ, बिक्तिय शिक्षा, सामाजिक शिक्षा जस्ता पाटोलाई नीतिगत रुपमै समेटेर कार्यान्वयनमा लैजानु पर्ने बताए ।
कार्यक्रममा सामाजिक बिकास मन्त्रालय प्रदेश ३ को चन्द्रकुमारी ब्यान्जनकार, दीपा घिमिरे शर्मा, गैसस महासंघ जिल्ला अध्यक्ष कृष्ण धिताल, मकवानपुर महिला समूह अध्यक्ष कमला सुबेदी, सन्चारिका समूह प्रदेश ३ अध्यक्ष सरिता दाहाल, चितवन, दोलखा, सिन्धुपाल्चोकलगायतका महिला अधिकार मन्चका पदाधिकारीहरुलगायको उपस्थिति थियो ।
प्रेरणा, राष्ट्रिय महिला अधिकार मन्च, एक्सनएड नेपालको सहयोगमा सन्चालित कार्यक्रममा प्रेरणाको अध्यक्ष बिमला घिमिरेले ग्रामीण महिला नीतिको छलफल कार्यक्रमको औचित्य माथी प्रकाश पारेको मकवानपुर महिला समूह कार्यक्रम संयोजक निशा लामाले बताईन ।