प्रदेशको मातहतमा प्रहरी रहने एकल अधिकारमा हनन हुने गरी कानून किन ल्याइयो ?

जनपत्र
३१ असार २०७९, शुक्रबार १९:००

हेटौंडा । राष्ट्रिय सभाका सदस्य तथा संघीयताका बिज्ञ डाक्टर खिमलाल देवकोटाले प्रदेशको मातहतमा प्रहरी रहने एकल अधिकारमा हनन हुने गरी कानून किन ल्याइयो भनेर सदनमा प्रश्न गर्नु भएको छ ।

बागमती प्रदेश सरकार मातहत रहेको उपत्याकाको प्रहरीलाई शान्ति सुरक्षाको नाममा संघीय सरकार मातहत राखिनेगरी ऐन पारित गरिएको छ । प्रदेश प्रहरी समायोजन अहिले सम्म भएकै छैन । बरु उल्टै संघीय राजधानीका नाममा प्रदेशको एकल अधिकारमा हनन हुने गरी कानून ल्याइएकोमा देवकोटाले बिरोध गर्नु भएको हो । उहाँले भन्नुभयो–‘मैले वुझन नसकेको प्रदेशको एकल अधिकार हनन हुने विधेयक सर्वसम्मत रुपमा प्रतिनिधि सभाबाट कसरी अनुमोदन भयो ?’

प्रदेश तहले सरकारको अनुभूति पनि गर्न हाल सम्म नपाएको उहाँले बताउनुभयो । प्रदेशको प्रहरी सम्वन्धि अधिकार खोस्न नपाँईने उहाँले बताउनुभयो । प्रतिनिधि सभाबाट सर्वसम्मत रुपमा पास भएर आएको प्रहरी सच्चालन सम्वन्धि विधेयक राष्ट्रिय सभाबाट वहुमतबाट स्वीकृत भएको छ । यो ऐन प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट पारित हुँदा समेत प्रदेश सरकार र प्रतिपक्षी दल भने मौन बसेका छन् । आफ्नो एकल अधिकार कटौती हुँदा पनि प्रदेश सरकार चुप रहनुलाई नागरिकले सगबन्धनको सरकार प्रति बिरोध जनाएका छन् ।

https://www.facebook.com/kl.devkota/videos/784142015953256

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*