अमेरिकामा १ हजार जनाभन्दा धेरैमा मङ्कीपक्स सङ्क्रमण पुष्टि

जनपत्र
३१ असार २०७९, शुक्रबार १४:३२

unn.prixa.net

अमेरिकामा एक हजार जनाभन्दा धेरैमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा ४३ वटा राज्यमा भेटिएको सङ्क्रमणबाट एक हजार जनाभन्दा धेरै बिरामी भएका हुन् ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै एक सय ६१ जना मङ्कीपक्सबाट सङ्क्रमित छन् । त्यसैगरी न्युयोर्कमा एक सय ५९ र इलिनोइसमा एक सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको सीडीसीले जनाएको छ ।

अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागको पछिल्लो तथ्याङ्कअनुसार बिफर र मङ्कीपक्स रोकथामका लागि उपलब्ध अमेरिकी खाद्य तथा औषधि प्रशासनद्वारा अनुमति प्राप्त खोप (जेवाईएनएनईओएस) को एक लाख ३२ हजारभन्दा बढी मात्रा देशव्यापी रूपमा लगाइएको छ ।

मङ्कीपक्सका सङ्क्रमित बढ्दै गएपछि स्थानीयस्तरमा खोपको अभावसमेत देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*