काठमाडौंमा सञ्चालित ६ क्यासिनोमा प्रहरीको छापा

जनपत्र
३० असार २०७९, बिहीबार ०६:४४

प्रहरीले काठमाडौंमा सञ्चालित ६ वटा क्यासिनोमा छापा मारेको छ । बुधबार साँझ होटल सोल्टीको क्यासिनो मजोङ, हायातको क्यासिनो प्राइड, छाँया सेन्टरको क्यासिनो वाल्डो, होटल मल्लको क्यासिनो बल्स, दरबारमार्गको क्यासिनो प्यालेस र होटल मेरियटको क्यासिनो डेल्टिनमा प्रहरीले छापा मारेको हो ।

क्यासिनोमा छापा मारिए पनि कसैलाई पक्राउ नगरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले जानकारी दिए । नेपाली नागरिकहरु पनि क्यासिनोमा जाने गरेको आशंकामा प्रहरीले एकसाथ ६ क्यासिनोमा छापा मारेको हो ।

दरबारमार्गको होटल मेरियटको क्यासिनो डेल्टिनमा भारतीय मुलका नेपाली नागरिकहरु भेटिए पनि उनीहरुको साथमा भारतीय आधार कार्ड भेटिएको हुनाले पक्राउ नगरिएको बोहराले बताए । उता छायाँ सेन्टरको क्यासिनो वाल्डोमा त्यहाँका मजदूरहरु हडताल उत्रिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*